साइनो समाचारदाता
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रुपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार तोकिएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार ३३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
















