द ब्यूटि वर्ल्डको ४० औं शाखा पथरी बजारमा, बार्षिक ४०० जनालाई निशुल्क ट्रेनिङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

द ब्यूटि वर्ल्डको ४० औं शाखा पथरी बजारमा, बार्षिक ४०० जनालाई निशुल्क ट्रेनिङ

पथरी, २२ कार्तिक
मोरङको पथरी शनिश्चरेमा द ब्यूटि वर्ल्डको ४० औं शाखाको उद्घाटन भएको छ । गत बुधवार पथरी बजारमा एक औपचारीक कार्यक्रमका विच पालर एण्ड ट्रेनिङ सेन्टरको शाखा उद्घाटन भएको हो । २५ लाखको लगानीमा रेखा बस्नेतले शाखा संचालनमा ल्याएकी हुन । उत्त शाखाको उद्घाटन द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टरको निर्देशक वत्सल भट्टराई, पथरी शनिश्चरेकी पुर्व उपप्रमुख यमुना विष्ट र पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले उद्घाटन गर्नु भएको छ ।

द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै पुर्व नगर उपप्रमुख यमुना विष्टले यस्ता सिपमुलक संस्थालाई नगरले संरक्षण गर्दै नगरका युवा युवतीलाई स्वरोजगार बनाउन अनुरोध गर्नु भयो । नगरले युवाहरुका लागि छुट्याएको बजेटमा यस्ता कार्यक्रम लागु गरि नगरबासीमा आत्मा निर्भर बनाउन जनप्रतिनीधीमाझ आग्रह गर्नु भयो ।

मेची देखी महाकाली सम्म सिप सिकौं स्वरोजगार बनौं भन्ने उदेश्यका साथ ३ बर्ष अगाडी सुरु गरेको द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टर महिलाहरुलाई दाईजोको सट्टा सिप दिलाउन लागि परेको द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टरका निर्देशक वत्सल भट्टराई जानकारी दिनु भयो ।

बिर्तामोडमा प्रमुख कार्यालय रहेको ट्रेनिङ सेन्टरले लेडिज र जेन्सका सौन्दर्य संबन्धी सम्पुर्ण सेवाहरु प्रदान गर्दै आएको छ । पथरी शाखाले ११ जना कर्माचारीले रोजगारीका साथै बार्षिक विपन्न बर्गका १० जनालाई युवालाई लक्ष्ति सिप तालिन निशुल्क दिने पथरी शाखाकी संचालक रेखा बस्नेतले जानकारी दिनुभयो ।

देशका मुख्य शहरहरु दमक, धरान, बिराटनगर, ईटहरी, कोहलपुर, नेपालगञ्ज, हेटौडा, काठमाडौ लगायतका शाखा र सेवा विस्तार गर्दै आएको द ब्यूटि वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टरले बार्षिक ४०० जनालाई निशुल्क ट्रेनिङ दिने गरेको द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टरका संचालक भगवान बस्नेतले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पथरी शनिश्चरे वडा न‌ं ७ का वडाध्यक्ष उद्धव बस्नेतले युवा महिला पुरुष लक्ष्ति कार्यक्रम भएकाले यस्ता सिप मुलक कार्यक्रमले देश युवा युवतीमा स्वरोजगार सृजना गरी आत्मानि्भर बनाउने बताउनु भयो । वडाध्यक्षा बस्नेतले यस्ता सिप सिक्न युवा युवतीको माग बढि भएकाले वडाले यसै बर्ष देखि द ब्यूटि वर्ल्ड मेकअप पालर एण्ड ट्रेनिङ सेन्टरलाई कार्यक्रम गर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भिम राई, वडा नं. ७ का वडाध्यक्ष उद्दव बस्नेत, उर्लावारी नगरपालिका २ का वडाध्यक्ष राजन कडेल, उर्लावारी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष भरत भट्टराई लगायतको उपस्थीत रहेको थियो ।

सम्बन्धित खवर