गोपाल काफ्ले/पथरी (मोरङ), १४ असोज
भुटानी शरणार्थीको समस्यालाई लोकल लेवलमा आफुले गर्न सक्ने नितिगत र र कानुनी विषयलाई संबोधन गर्ने र मन्त्रालय सम्म पुयाई समस्या समाधान गर्ने झापा जिल्ला प्रमुख श्रवण कुमार पोखरेलले बताउनु भएको छ ।
आज भुटानी शरणार्थीको समस्या तथा समाधान सम्बन्धी एक दिने अन्तकृया कार्यक्रममा बोल्दै जिल्ला प्रमुख पोखरेलले आफु रिफुजी कोअडीनेटरको डाईरेक्टर भएकाले अध्यायन गर्ने क्रममा रहेको बताउदै आजको कार्यक्रम र इन्टिभेटिभ भुटान अमेरीकाले बुझाएको प्रतिबेदनले भुटानी शरणार्थीको समस्या बझ्न सहज हुुने प्रमुख पोखरेलले बताउनु भयो ।

कार्यक्रममा भुटानी शरणार्थीहरुले भोग्नु परेको पिडा, समस्या र त्यसका असरका विषयमा झापा बेलडागी क्याम सचिव सन्चुहाङ राईले जिल्ला प्रमुख समक्ष राख्नु भएको थियो । सचिव राईले नेपालमा रहेका भुटानी शरणार्थीहरुको परचिय पत्र, जन्मदर्ता, लार्यसेन्स सिपरीस, बैंक खाता सिपmरीस नहुदा रोजगारी नहुने र बेरोजगारले समाजमा गलत कृयाकलाव बढ्न थालेको बताउनु भयो । भुटानी शरणार्थीहरुमा बाहिर गएर काम गर्न पाउनु कुनै कागज पत्र नभएका कारण दुव्र्यशनी बढ्दै गएको राईको भनाई छ ।
तेस्रो मुलुकमा रहेका भुटानी शरणार्थी नगरीकहरुको विसयमा पिस इन्टिभेटिभ भुटान अमेरीकाका प्रतिनिधी डा. कुमार गुरुङले राख्दै चाडो समस्या समाधानमा तिनै तहका सरकारले चासो दिन आग्रह गर्नु भएको थियो । डा. गुरुङले भुटानी नागरिकलाई स्वदेश फिर्ती, पुर्नमिलनको बाटो खोलिदिन मानव अधिकार, झापा जिल्ला प्रमुख र स्थिानीय सरकारलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा भुटानी शरणार्थी भोग्नु परेको समस्या पटक पटक सरकार र गृहमन्त्रालय सम्म पुर्याए पनि सरकारको निति र कानुनका कारण स्थानिय सरकारले केहि गर्न नसकेको दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराईले बताउनु भयो । त्यस्तै कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष नविन बरालले सरकारले निति र कानुनी बाधाअर्चन नफुकाएकाले आफुले धेरै समस्या भोग्नु परेको बताउनु भयो । भुटानी शरणार्थी बेलडागीमा अहिले मानव अधिकार हराएका ब्यात्रि सरह भुटानी शरणार्थी समुदायले बच्नु परेको वडाध्यक्ष बरालले बताउनु भयो ।
पछिल्लो समय नेपालमा रहेका भुटानी शरणार्थीको संबन्धमा मानव अधिकारे र भुटानी शरणार्थीहरुले बच्न पाउने अधिकारहरु गुम्दै गएको नेपाल मानव अधिकार संगठनका केन्द्रय उपाध्यक्ष केपी सुबेदीले बताउनु भयो ।
दमक नगरपालीक, जिल्ला प्रसासन कार्यलय झापा र भुटानी शरणथी बेलडागी झापा बिच अन्तरकृयामा सम्पन्न भएको हो । कार्यक्रम ग्लोवल भुटनीज अर्गनाईजेसन (जिबिओ) र पिस इन्टिभेटिभ भुटान अमेरीकाको सयुत्त आयोजनामा झापा दमक स्थित कामक्ष होटलमा भएको सम्पन्न भएको हो ।
तिन पक्ष विच भएको अन्तरकृयामा झापा जिल्ला प्रमुख र स्थिानीय सरकार समक्ष भुटानी शरणार्थी, पिस इन्टिभेटिभ भुटान अमेरीका र ग्लोवल भुटनीज अर्गनाईजेसन (जिबिओ) ले समस्या र हलका खाकाहरु सहित समाधानका पाटा प्रस्तुत गरेका थिए ।

















