काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको१५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिकसञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफलहोस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामनादिएका हुन्।
हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्नेतथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाटबाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्यरूपमा सफल होस्। सभापति गगन थापाज्यू लगायत सम्पूर्णकांग्रेसजनमा शुभकामना। महाधिवेशनले युवाहरूको वर्चस्व कायमगरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिरनिकाल्ने संकल्प र नीति पास गरोस्।”
हमालले पछिल्लो समय राजनीतिक दलहरूको आन्तरिकरूपान्तरणसँगै देशको संवैधानिक तथा आर्थिक–राजनीतिक संकटसमाधानका लागि नयाँ पुस्ताको निर्णायक भूमिका आवश्यक रहेकोबताउँदै आएका छन्।
कांग्रेसको महाधिवेशनलाई उनले युवाको नेतृत्व र वर्तमानराजनीतिक संकटको समाधानका लागि पार्टीले स्पष्ट नीति तथासंकल्प अघि बढाउने अवसरका रूपमा जोड दिएका छन्।
















