साइनो समाचारदाता
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ९५ हजार ८०० रुपैयाँमा झरेको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार घटेको छ । सोमबार तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३२० रुपैयाँमा कारोबार भएको हो ।
















