साइनो समाचारदाता
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
















