राजा मावो
अहिले स्थानीय निर्वाचनको सर्गम निकै नै चापिलो बन्दै गइरहेको छ । देशको सम्पुर्ण स्थनीय तहहरुमा को र कस्ता उम्मेरद्वारले आफ्नो दलबाट टिकट पाउने र ती नेताहरुले जितेर कसरी स्थानीय सरकार चलाउलान भन्ने चर्चाले बजारमा रौनक छाएको छ ।
राजनैतिक दलहरुले चुनावी अभियानलाई समेत तिब्रता दिइरहेका छन । पार्टीहरुको अभियानले जब तिब्रता पउदै जान्छ तब हिजो हाम्रो होइन राम्रो रोजनु पर्छ तब मात्र देश बन्छ भन्नेहरु पनि अन्धो भएर पार्टीको निम्ति मरिहत्ते गर्न लाग्छन । त्यो बेला कस्ता ब्यक्तिले चुनाव जिते देश बन्छ भन्ने मुख्य कुरो भुत्तुकै बिर्सन्छन ।यस्तै हो-हल्लाले ताप्लेजुङको सिरीजङगालाई पनि गजालेको छ । पार्टी हेर्ने वा ब्यक्ति हेर्ने भन्ने सवालले यहाको मतदातालाई निकै नै अफ्ठ्यारो बनाएको छ ।
• को हुन डाक्टर माबो ?
ताप्लेजुङ् जिल्ला सिरीजङगा गाउॅपालिकाको मामांखेमा जन्मिएका डा. चित्र माबोले सानै उमेरमा बिधावारिधि गरेका हुन । दुर्गम गाउॅमा जन्मेर पनि हिम्मत भए जस्ता सुकै काम पनि सम्भव छ भन्ने उदाहरण उहॅाको निजि जिवनीबाट प्रष्ट हुन्छ ।गाउॅकै लक्ष्मी नि. मा. बि. बाट अध्ययन सुरु गरेका माबोले श्री सिनाम उच्च मा. बि . सिनामबाट बिद्यालय स्तरको पढाई पुरा गरेका हुन ।कन्चन्जंघा उ.मा.बि. झापाबाट +२ गरी पाथिभरा क्याम्पसबाट स्नात्तकसम्मको पढाई पुरा गरेका छन ।केन्द्रिय क्याम्पस किर्तीपुरबाट नेपाली र राजनीतिशास्त्रबाट स्नात्तकोत्तर सम्मको पढाई पुरा गरेका छन ।लामो समयसम्म लक्ष्मी मा.बिमा शिक्षण गरेका माबो सोहि बिद्यालयमा एक कार्यकाल ब्यावस्थापन समितिको अध्यक्ष पदमा रहेर समेत शैक्षिक क्षेत्रमा आफ्नो अनुभव संगालि सकेका छन ।
काठमान्डौमा रहदा क्याम्पसहरुमा समेत प्राध्यापन गरेका माबो राजनैतिक क्षेत्रमा समेत उतिकै अब्बल छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सचिवालय सदस्य, राष्टिय प्रतिनिधी बनेका डाक्टर पर्टीको समेत बिभिन्न पदमा रहि काम गरिसेका छन् । नेकपा ( माओवादी केन्द्र ) सिरीजङ्घाको संस्थापक उपअध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य , राज्य कमिटी प्रतिनिधी, बुद्दिजिवी संगठन प्रदेश -१ को संस्थापक सदस्य समेतको जिम्मेवारी बहन गरिसकेका डाक्टर माबो हाल नेकपा ( माओवादी केन्द्र ) ताप्लेजुङ समन्वय समितिको सदस्य र सिरीजङघा गाउॅपालिका कमिटीका अध्यक्ष हुन ।
• किन डाक्टर माबोको नेतृत्वको आवस्यक्ता ?
नेपाली राजनीतिमा सक्षम मान्छेको अभाव छ भनि चौतर्फि आलोचना भईरहेको छ । सक्षम , योग्य र इमान्दार नेताको खोजी भईरहेको छ । यस्तै राजनैतिक बिकृतिको विच आज सिरीजङगा गाउॅपालिकाले सक्षम नेतृत्वको रुपमा डाक्टर चित्र माबो जस्ता नेतृत्व पाएको छ । यो सिरीजङ्घाको मात्र सौभाग्य नभएर खस्कदै गईरहेको नेपाली राजनीतिको गरिमालाई बचाउने एउटा अवसर हो । सक्षम नेतृत्वको हातमा राजनीति पर्यो भने साचिकै केहि हुन सक्दो रहेछ भन्न सक्ने विश्वास दिलाउने अवसर र चुनौति हो । गाउॅ गाउॅमा सिहदरवार आएको अनुभुति दिलाउने अवसर मात्र नभएर खराब नेतृत्वलाई समेत सवक सिकाउन सक्ने र समृद्ध सिरीजङ्गाको निर्माण गरि आम जनतालाई सरकार रहेको अनुभव दिलाउने अवसर भएकोले सिरीजङगा गाउॅपालिकामा डाक्टर चित्र माबोको नेतृत्व आवस्यक छ । त्यसैले समृद्ध सिरीजङ्गा निर्माणको निम्ति हाम्रो नभनी र कुनै प्रलोभन र बिकाउमा नलागि आम सिरीजङ्गा गाउॅ वासीले राम्रो रोजी डाक्टर चित्र मावोलाई नेतृत्वमा पुराउनु गौरभ हुनेछ ।