ग्रामीण प्रतिभाको चर्चामा निश्चल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

ग्रामीण प्रतिभाको चर्चामा निश्चल

केशव निरौला

पथरी श्रावण १ –  पूर्व–पश्चिम राजमार्गबाट करिब ५ किलोमिटर दक्षिणको ग्रामीण परिवेशमा कृषि व्यवसाय गर्दै जीवननिर्वाह गरिरहेको एउटा सामान्य परिवार हो, गोविन्दप्रसाद काफ्लेको । मोरङको पथरीशनिश्चरे नगरपालिका भनिए तापनि वडा नं ९ को आदर्श टोलमा पूर्णतः गाउँले जीवन पद्दति पाइन्छ ।

त्यही ग्रामीण वातावरणमा मितेरी गाँस्दै नजिकैको प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल पढेका गोविन्दप्रसाद र पदमकुमारी गीताका कान्छा छोरा निश्चल काफ्लेले भर्खरै एसईईमा ३.९५ जिपिए ल्याएर ‘बढ्दो सहरकेन्द्रित मोह’ लार्ई चिर्न सफल हुँदै छन् । आज निश्चलको प्रगतिले ‘ठूला–ठूला सहरका विद्यालयमा मात्रै राम्रो पढाइ हुन्छ, गाउँमा बसेर केही छैन, ठाउँ भनेको ठाउँ नै होः त्यही रोज्नुपर्छ’ भन्नेजस्ता सहरबजारमुखी भनाइलाई केही हदसम्म भए पनि विचार गर्ने अवस्थामा पुर्‍याइदिएको छ ।

पथरीशनिश्चरे नगरपालिकाबाटै सर्वोत्कृष्ट जिपिए ल्याएका निश्चलको खुसीले समग्र गाउँले जीवनको खुसीलाई प्रतिविम्बित गर्न सकेकोे बुझाइ छ, विद्यालयका प्रिन्सिपल होमनाथ घिमिरेको । प्रिन्सिपल घिमिरेले अगाडि भने, ‘निश्चलको प्रगति हाम्रो विद्यालयको मात्र नभएर, समग्र नगरपालिकाकै प्रगति हो । त्यसमा पनि सफल ग्रामीण प्रतिभाको पहिचान हो ।’

जीवन गुजाराका लागि नै चार सदस्यीय परिवारका मूली गोविन्दप्रसाद कृषिसँगै पथरी बजारमा रहेको रोजु कोटा सप्लायर्समा सेल्सपर्सनको रूपमा समेत काम गर्दै आएका छन् ।

करिब १० कठ्ठा जमिनको कृषि उब्जनी र दैनन्दिनको कडा परिश्रमका माझ उनले निश्चललाई नजिकैको प्याराडाइज स्कुलमा नर्सरी कक्षादेखि नै पठन–पाठनको व्यवस्था मिलाए । यसबीचमा केही आफन्त र साथीभाइले निश्चलको पढाइ राम्रो भएकाले भविष्य सुधार्नका लागि सहरमै लगेर पढाउन सुझाउँदा पनि गोविन्दप्रसादको मन त्यतातिर बहकिएन ।

तत्कालीन पारिवारिक घटनाक्रमका केही प्रमुख पल सम्झँदै निश्चल भन्छन्, ‘अरू कसैले भनेको केही पनि कुरा नसुनी बाबाममीले मलाई घर नजिकैको यही ९प्याराडाइज० स्कुलमा भर्ना गरिदिनुभयो । कक्षा नर्सरी देखि नै यहीँको शान्त वातावरणमा मैले निरन्तर सिक्ने मौका पाएँ । नबुझेका कुरा सबै सरसामु निर्धक्क राख्ने गरेको हुँ । यहाँका सरमेडमले विद्यालय बिदा भएपछि पनि नबुझेको कुरा सिकाएर मात्रै जानुहुन्छ ।’

सहरबजारका प्रतिष्ठित भनिएका विद्यालयका गाडी खासै नकुद्ने त्यो आदर्श टोलमा एसर्ईईको नतिजापछि भने दैनिकजसो नयाँनयाँ विद्यालयका गाडी आउन थाल्दा स्थानीयवासीमा अनौठो कौतुहल जाग्दै गयो । निश्चलको घर सोध्दै आएका विभिन्न विद्यालयका संस्थापक÷प्रिन्सिपल सवार बसलाई दैनिकजसो देख्दा परिवारसहित गाउँघरमा पनि अलि भिन्न वातावरण बनेको बताइन्छ ।

यही सन्दर्भमा स्थानीय शिक्षाप्रेमी एवम् समाजसेवी थानेश्वर भट्टराई भन्छन्, ‘पहिलेपहिले सहरबजारमा मात्रै देखिने विद्यालयका बस पनि अहिले आफ्नै गाउँ–ठाउँमा चल्दै छन् । प्रतिभावान् निश्चलले पक्कै पनि हाम्रो गाउँको नाम चिनाउँदै छन् ।’

कक्षा ११ र १२ सञ्चालित मूलतः संस्थागत विद्यालयका प्रमुखहरूले निश्चललाई आफ्नो स्कुलमा सिफारिस गरिदिनका लागि विद्यालयका निर्देशक सुरेन्द्र लिम्बूलाई पनि पटक–पटक फोनमा मात्रै होइन, भेटेरै कुरा गर्नेको सङ्ख्या पनि उल्लेखनीय छ ।

यस सन्दर्भमा प्याब्सन पथरीशनिश्चरेका नगर अध्यक्षसमेत रहेका निर्देशक लिम्बू भन्छन्, ‘निश्चलको विषयलाई लिएर खास गरी उर्लाबारीदेखि विराटनगरसम्मकै धेरैजसो विद्यालयका प्रिन्सिपलले आफ्नो विद्यालयमा सिफारिस गरिदिन भन्नुभयो । विभिन्न छुट र अफरको कुरा भए तापनि मैले उहाँहरूलाई पटक–पटक त्यो विद्यार्थीको स्वतन्त्रताको कुरा हो मात्र भनिरहेँ ।’

यता, भविष्यको लक्ष्यबारे जिज्ञासा राख्दा निश्चल भन्छन्, ‘मैले अहिले नै भविष्यको लक्ष्य निर्धारण गरेको छैन । तर, पनि कक्षा ११ र १२ मा विज्ञान विषय पढेपछि अन्य धेरै क्षेत्रमा जाने अवसर मिल्छ भन्ने बुझेकाले सोही विषय पढ्ने चाहना राखेको छु ।’

परिवारको आर्थिक अवस्थालाई विचार गरेर निश्चलले अगाडि थपे, ‘भरसक आफ्नै गाउँठाउँका विद्यालयमा पूर्ण छात्रवृत्तिमा पढ्छु होला ।’ एसईईको सफलताको कारक आफूमात्र नभई परिवारसहित विद्यालय र समग्र समुदाय रहेको बताउने निश्चलले यो वर्ष पथरीशनिश्चरे नगरपालिकाको तर्फबाटै आफूले अझ ठूलो जिम्मेवारी वहन गर्नुपरेको सन्दर्भ पनि उल्लेख गरे ।

‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसार्मा कैल्यै हुँदैन विफल’ भन्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको कवितांश झैँ आज एउटा ग्रामीण क्षेत्रमा निरन्तर सङ्घर्षरत निश्चलको यो प्रगतिपथले भोलि पक्कै पनि कैयौँ ग्रामीण प्रतिभालाई अझ हौसला मिल्ने नै छ ।

सम्बन्धित खवर