चाडपर्व अनि जागिरे बुहारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

चाडपर्व अनि जागिरे बुहारी

निर्मला दुलाल – मेलम्ची
मेलम्ची बेलुकाको 4 बजेपछी अफिसमा हिसाब मिलाउने काम सुरु हुन्छ,तर मन भने घरमा भएका साना बाबुहरु संगै हुन्छ! हतार हतार गरेर काम गर्छु भन्दा पनि 6 अफिस मै बज्छ,घरमा गएर के सब्जी बनाउने होला सोच्दै घरमा सकिएको सामान हरु किनमेल गरेर घर पुग्दा 7 बज्नै लाग्छ!

दिनभरिको कामले ह्याङ भएको दिमाख अनि शरीर पनि बाबुहरुको अनुहार र भोको पेट हेरेर थकान कम गर्दै अफिसको ड्रेस पनि नफुकाली सिदै किचनमा पसेर खाना बसाल्न थाल्छु!तातो चिया बिस्कुट उनिहरुलाई दिएर बल्ल आफ्नु र कपडा चेन्ज गर्छु! चिया सङै होमवर्क गर्न लगाउदै आफू खाना ,दाल ,सब्जी बनाउछु!काम बाट श्रीमान जि फर्केपछी बाबुहरुको साथमा खाना खान्छौ!एकछिन यसो समाजिक सन्जाल हेर्दाहेर्दै बेलुका को 10 बज्छ!भोलिको दिन फेरि उहीँ दिन्चर्या दोहोर्याउनु छ !

 

5 बजे उठेर नुहाएउछु,घर सफा गरेर पुजा गरि सक्दा चिया नास्ता गर्ने बेला हुन्छ!हतार गरेर बाबुहरुको लागि केही खाजा दिएर आफू चिया पिउदै खानाको तयारी गर्छु!9 बज्दा सबै काम सकेर बाबुहरुको टिफिन तयार गरि आफू पनि अफिसको लागि निस्किनुछ!दिउँसो घरमा कोहि नहुदा ताला लगाएरै निस्किनु पर्दा केही समय अल्मलिनु पर्छ !

भोलि आमा खुवाउने औसि!
आज आमाले आफै सम्झाउनु भो!
माइत नआएको धेरै भो,यो पाली त आइज न
गफ भै रको छ आमा,भिडियो कल गरेर देखादेख भै रहेको छ,आए सरह सम्झनु न!
संगै बसेर खाएको जस्तो कहाँ हुन्छ र?
बसौला नि आमा कुनै दिन
तेरो तेस्तो दिन खै कहिले आउला र?
बाबुहरु हुर्किन्छन,अफिसमा बिदा लिन्छु अनि आउछु आमा ,केही समय कुर्नु न!
प्राय यस्तै गफ हुन्छन,एक हातमा मोबाइल अर्को हातमा काम गर्दै बोल्छु!मलाई घडिले पर्खिदैन,उ संसङै कुद्न सकेन भने आजको हाजिर छुट्छ!
हो भोलि औसि!
मैले त आमाको मुख संगै बसी नहेरेको पनि जुग भएछ।
सबै माइत जाने तयारी गर्दा कता कता मन चसक्क हुने,
आफैलाई समाल्न मन लाग्छ,म जागिरे छु ,काम नि गर्नु पर्छ।
आमा सङ त फोनमै गफ भै रहेको छ नि!
टाढा माइती,थोरै बिदाले पुग्दैन,अनि धेरै बिदा मात्र लिने हो भने नोकरी गरेको नि के अर्थ भयो र?
आफै प्रस्न गर्दै,आफै उत्तर खोज्दै
अनि आफै बिचलित हुँदै ,आफै सम्हालिदै गर्छु !

बुड्यौलीले छोएका बा आमाको अनुहार नजिक बाट नहेरेको निक्कै समय भयो।
यता सासू ससुरा पनि बुडा भै सक्नु भो।
औसि भनेर आमाजु नन्द आउनु हुन्छ।
पकाएर दिनु पर्छ,अफिस नि त जानुछ!
फेरि घरमा पाहुना आएको दिन,खाना नदिइ अफिस जौ कसरी?
अफिस नजौ बिदा पनि त पाएको छैन!
बिना स्वीकृति घर बस्न पनि त मिलेन!

अफिस जौ भने आएका पाहुनाले हामिलाई पकाएर खान दिनु पर्यो भनेर हिडेकी भन्लान!हामी एक दिन आउने हौ,एक दिन पनि घर बस्न नहुने?कस्तो जागिर??कसैले नखाएको जागिर खा रैछे,फलानु फलानु को बिदा मिल्ने,तेरो मात्र नमिल्ने?कति बहाना बनाउन जानेकि छे,जहिले आउदा नि बिदा मिलेन भन्छे,भयो अब हामी नआउला!
मैले यी सबै कुराको जवाफ कहाँ र कसरी खोजौ?
हाकिम साब??यस्को उत्तर तपाईं दिनुस है!!
म पनि महिला हु,म पनि कसैको छोरी नै हु!
मेरा पनि बा आमा त अझै जिवित हुनुन्छ,अनि मेरो पनि मन ढुङ्गाको त होइन नि??
जस्तो अरुको मन ,मेरो पनि तेस्तै होइन र?

म बुहारी हु,म आमा हु,म श्रीमती हु,म भाउजू बुहारी हु,घरको सबै काम अनि व्यबहार हेरेर अफिसको काम नि गर्नु पर्छ!
म अफिस गैन भने मेरो छोराहरुको किताब कपि अनि स्कुल फि कसरी जुटाउनु?
घरमा खानेकुराको जोहो कस्ले गर्छ?
मलाइ पनि यो सबै कुरा भरिपुर्ण हुने हो भने
दिनभरी नदुखेको दिमाख दुखाउन कहाँ मन हो र?
कतै अभाव ,कतै बाध्यता अनि कति थोरै रहर मिसिएको होला!
तर
घरमै बसेर सबैलाई सधैभरी खुसी बाड्न सकिएला र?
बा आमाले दिनु भएको शिक्षा र संस्कार ले अहिले म यहाँ छु!
बा भन्नू हुन्छ

-पाहुना आउदा नझर्किनु
-बरु आफू खाली पेट रहनु,पाहुनालाई तृप्त बनाउनु,एक दिनको भोकले मरिन्न!
-पाहुनाले खाएर कहिल्यै सकिन्न
-सधै हसिलो अनुहार लगाउनु!
-सधै सकारात्मक सोच्ने गर्नु
-पैसा कहिले आफ्नु हुन्न त्यसैले आफ्ना धेरै बनाउनु तर पैसाको पछि नलाग्नु!
-परिवार ठूलो भयो भने हरेक काम सहज हुन्छ,ठूलो मन गरि बस्नु
खै मलाइ के सिकाउनु भो बा!
जहाँ एक्लै खान र बस्न पाउँदा खुसी रहने समाजमा आइपुगे म!
सबै कुरा म नै हु,मैले कमाएको पैसा नै ठूलो हो भन्ने समाजमा छु म!
पाहुना आएर एकछक खाए भने सबै सक्की सक्यो भन्ने सोच भएको समाजमा छु म!
अनि म तपाइको संस्कार मानौ,या यो समाजको बा??
तपाइको संस्कार मा टिकौ या समाजमा बा??
जिन्दगी सोचे जस्तो नभोगिएला!तर जति बाचिन्छ खुसिले बाच्न पाइयोस!
आमाको मुख हेर्ने औसि!
मेरि प्यारी आमा!
टाढा रहेकी छोरिको धेरै सम्झना!
औसिमा मात्र होइन आमा,म सधै सम्झी रहेको हुन्छु !

म टाढा रहेकी छोरिले तातो तातो खानु है आमा भन्न सकुला तर साच्चै तातो बनाएर दिने नजिक भएकी भाउजुलाई माया गर्नु होला
छोरिले एक्दिन माया गरेर चिप्लो घसेर पुग्दैन ,घरमा हुने भाउजुमा मेरो रुप देख्नु,मलाइ जति माया भाउजुलाई दिनु
भाउजू पनि अर्काकी छोरी हुन,जानेर कतिपनी मन नदुखाइदिनु!
घरमा हुनु भएको सासुआमा मा म तपाइको अनुहार देख्छु
मैले सकेको र भ्याएको जति आफै गर्छु।आमा र सासुमा फरक देख्दिन!
डाडा माथिको जुन घाम बा आमा,अब भगवानले कति समयको लागि हामिलाई यश धर्तिमा छोडी दिनु भएकोछ,त्यो समय सम्म खुसी साथ बाच्न पाइयोस,खुसिहरु साट्न पाइयोस!

मैले मेरो छोराहरुलाई जसरी मायाले हुर्काउदैछु,हिजो आमाले तेसरी नै हामिलाई हुर्काउनु भएको थ्यो
यिनिहरुको भविस्य राम्रो बनाउन म आफ्नु थकान बिर्सिन्छु
हिजो आमाले हाम्रो लागि यहि गर्नु भएको थ्यो!
हिजो बा ले दिएको संस्कारमा म आफ्नु समाज खोज्दैछु
भोलि मेरो बच्चाले मेरै सस्कार भएको समाज पाओस!
सम्पुर्ण आमाहरुमा मातातिर्थ औसिको सुभकामना! कोहि घर आमा बिहिन नहोस,कोहि आमा घर बिहिन हुनु नपरोस!!सबैमा सुभकामना!!

सम्बन्धित खवर