विनायक पाठक/ पथरी, १० जेठ
निजि विद्यालय तर्फ SEE मा पथरी शनिश्चरे नगरकै प्रथम स्थान हासिल गर्न सफल वाल्मीकि मेमोरियल आवसीय मा वि र अन्नपुर्ण माध्यमिक विद्यालयले एसईई पास विद्यार्थी बधाई तथा शुभकामना साथ कक्षा ८ पास विद्यार्थीलाई दिक्षित गरेको छ । विद्यालयले शनिवार र आईतवार छुट्टिको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई हौसला र प्रोत्साहन प्रादान गर्न आफ्ना बार्षिक गतिविधी सम्पन्न गरेको हो ।

मोरङको पथरी शनिश्चरे १ र २ मा अवस्थित विद्यालय एक बर्ष अगाडी मात्रै एक भएको संस्था हो । हरेक कार्यक्रमहरु संयुक्त गर्दै आएको विद्यालयले विद्यार्थीको हौसला र प्रोत्साहन गर्न प्रत्येक बर्ष यस्ता गतिविधि गर्दै आएको छ ।
शनिवार विद्यालयले SEE मा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मानका साथ बधाई तथा शुभकामाना दिएको हो । निजि विद्यालय तर्फ नगर प्रथम भएका बाल्मीकिका सुहान पौडेल र साङ्गे पाख्रिनलाई जनहि १० हजार र ५ हजार नगद सहित सम्मान गरेको छ । SEE मा पौडेलले ३.९६ जिपिए र पाख्रिनले ३.९२ जिपिए ल्याउन सफल भएका थिए ।
बधाई तथा शुभकामना कार्यक्रमा वाल्मिकी र अन्नपुर्णबाट एसईई परिक्षामा सामेल ११४ जना विद्यार्थीलाई अभिकावक तथा गुरु वर्गले बधाई तथा शुभकामना दिनु भएको थियो । त्यस्तै आईतवार भएको दिक्षान्त समाह्रोमा कक्षा ८ का १ सय ११ विद्यार्थी प्राभमिक तहबाट दिक्षित भएका छन । दिक्षित कार्यक्रमकै अवसर पारि विद्यालयले २०८२ सालमा फोर जि पि ए प्राप्त सम्पुर्ण विद्यर्थी र अभिभावकलाई जनहि ५ हजारका दरले सम्मान गरेको थियो ।

विगत एक दशक देखि पथरी शनिश्चरे नगरमा अब्बल नतिजा निकाल्दै पहिलो स्थान हासिल गर्न सफल बाल्मीकिले यस बर्ष समेत निजि विद्यालय तर्फ पहिलो स्थान कायमै राख्न सफल भएको छ । नृत्य, गायन सहित सम्मान, तथा पुरस्कृत कार्यक्रममा एस ईई पास भएका विद्यार्थीका थर्फबाट सुहान पौडेलले , जेसिका कार्की र रक्षा अधिकारीले विद्यालय र शिक्षकको प्रसंसा गर्दै विद्यालयका अनुभव साटेका थिए । उनिहरुले वाल्मीकि विद्यालय विद्यार्थीका लागि सर्वाङ्गीण विकासमा योग्दान दिन एक सफल संस्था रहेको बताउदै विद्यार्थी साथै अभिभावकको पहिलो रोजाई रहेको बताए । सम्मानीत विद्यार्थीलाई विद्यार्थीका तर्फबाट राशि कार्की, अविब्सा विष्ट र मिस्मिका ढकालले शुभकामन मन्तब्य दिएका थिए ।

त्यस्तै कार्यक्रममा अभिभावक मिना तामाङले संस्कार, सिप सहितको शिक्षा प्रदान गर्दै आफ्ना नानिबाबुहरु विश्व बजारमा प्रतिस्पर्द गर्न सक्ने बनाएकोमा धन्यबाद मन्तब्य राख्नु भएको थियो । विद्यालयका निर्देशक नवोल किशोर खनालको सभापतित्वमा सम्पन्न कारयक्रममा प्रन्सिपल चन्द्र प्रसाद दुलालले अभिभावकको विश्वाश, शिक्षक साथीहरुको लगनशीलता र विद्यार्थीको मिहेनतले आज नगरमा आफ्नो छुटै पहिचान बनाउन सलफ रहेको बताउनु भयो ।
निर्देशक नवोल किसोर खनालले नानीबाबुहरुलाई जुन सुकै क्षेत्रमा अघि बढ्न सक्षम बनाएको हुदा निर्ढुक्क अगाडी बढ्न हौसला प्रदान गर्नु भयो । प्रमाण पत्रको फोर जिपिए भन्दा विद्यालयले जिवनमा अघिबढ्न चाहिने फोर जिपिए दिलाएको निर्देशक खनालले बताउनु भयो । हरेक बिद्यार्थीले लक्ष्य चै फोर जिपीए प्राप्त गर्ने लिने हो तर जिवनमा फोर जिपिएनै सबै कुरा नभएको बताउदै आ-आफ्नो लक्षमा अगाडी बढ्न निर्देशक खनालले प्रेरित गर्नु भयो ।

















