गोपाल काफ्ले/ पथरी,३ भदै
रङको पथरी शनिश्चरे १० का युवा र शिविर क्याम भित्रका युवाहरुले सुरु गरेको “टोल सुधार अभियान” गाँउघरमा शान्ति छाएको छ । लागु पदार्थ तथा दुर्व्यासनीका कारण दैनिक जसो गाँउघरमा हुने चोरी, झैझगडा र अनैतिक गतिविधी हुन थाले पछि स्थानिय युवा कविराज लिम्बुको युवा समुह “लागु औषध तथा दुर्व्यसनी विरुद्धको अभियान” चलायो । “टोल सुधार अभियान” मार्फत ४/५ महिनामा टोल सुधार समुहले दुर्व्यसनीमा लागेका धेरै युवाहरुलाई पक्राउ गरि प्रहरीलाई बुझाएको छ ।

टोल सुधार समुहको उक्त कार्यको नगर भरि प्रसंसा हुन थालेको छ । दैनिक निग्रानी गर्दै दुर्वेशनीमा फसेका युवाहरुलाई सचेत गराई अभिभावकको जिम्मा लगाउने र सुधार केन्द्रमा पढाउने कार्यले नगरका दुर्वेशनीमा लागेका किसोर किसोरी, युवाहरु भागाभाग छन् । टोल सुधार समितिको नेत्रित्वमा एक सय भन्दा बढि दुर्वेशनी युवाहरु र एक दर्जन जति कारोवारीहरु नियन्त्रणमा लिई सकेका छन ।
भदै ३ गते वडा नं. १० आदर्श चोकका एक युवालाई ब्राउन सुगर सहित पक्राउ गरि प्रहरीको जिम्मा लगाएको छ । साउन ३१ गते पथरी शनिश्चरे १ पथरी बहुमुखी क्याम्पस पछाडीको सुकुम्वासी बस्तिको एक परिवारबाट ब्राउनसुगर सहित एक महिलालाईपक्राउ गरि ईलाका प्रहरी कार्यलय पथरीलाई बुझाएको थियो । अभियानले साउन ३१ गते र भदै ३ गते मात्र दुई दर्जन हाराहारी दुर्व्येशनीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रमा लिएका केहि दुर्व्येशनीलाई प्रहरीको जिम्मा लगाएको छ भने केहिलाई अभिभावककोजिम्मा लगाई सुधार केन्द्र पढाएको छ ।
टोल सुधार समिति मार्फत सुरु गरेको अभियानमा धेरै लागु औषध तथा दुर्व्यसनीमा फसेका युवाहरु सुधार केन्द्र र कारागारचलान भएका छन । दुर्व्यसनीले गाँउ घरमा समस्या निम्त्याएका कारण अभिभावकले विशेश ध्यान दिन टोल सुधार समितिका अभियन्ता कविराज लिम्बुले बताए ।
टोल सुधार समितिले हाल सम्म एक दर्जन कारोबारी र ८० हाराहारी लागु औषध तथा दुर्व्यसनीहरुलाई प्रहरी र अभिभावकलाई बुझाएको टोल सुधार समितिका अध्यक्ष सुवास राईले बताए ।
















