संवैधानिक परिषदले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुश्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको छ। परिषद सचिवालयले आइतबार सूचना निकालेर चार पदका लागि आवेदन माग गरेको हो।


एकभन्दा बढी पदमा पनि एकै जनाले आवेदन दिन सक्नेछन्। तर त्यसका लागि छुट्टाछुट्टै फारम भर्नु पर्नेछ।
संवैधानिक निकायका पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो विवरण १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा रहेको फारम भरेर बुझाउनु पर्नेछ।

विवरण संवैधानिक परिषद सचिवालयको sambaidhanik@opmcm.gov.np मा इमेल गर्न सकिनेछ।
केही दिनअघि बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको थियो भने यी ४ पदमा आवेदन माग गर्दै १५ दिने सूचना निकाल्ने निर्णय गरेको थियो।
हेर्नुस् सूचना:


साभार : सेताेपाटी
















