सामुदायिक  विद्यालय   सुधारका सूचकहरू के–के हुनसक्छन् ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

सामुदायिक  विद्यालय   सुधारका सूचकहरू के–के हुनसक्छन् ?

पृष्ठभूमि

समुदायको आवश्यकताअनुसार समुदायका लागि राज्यले सञ्चालनमा ल्याएका  विद्यालयहरू नै मूलतः सामुदायिक  विद्यालय हुन् । आमरूपमा नागरिकका छोराछोरीका लागि राज्यद्वारा प्रबन्ध गरिएको शिक्षा व्यवस्था नै सार्वजनिक शिक्षा हो । सामुदायिक विद्यालयको रूपमा सञ्चालित शिक्षण संस्थानले यसलाई नेतृत्व गरेको हुन्छ । शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको परस्पर बुझाइ, मात्रात्मक र गुणात्मक यसको व्यवस्थापनअनुरूप सामुादयिक विद्यालयहरू चलेका हुन्छन् ।

 युवराज बास्कोटा
                                युवराज बास्कोटा

शिक्षा विगत र वर्तमान
सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषा माध्यममा पठनपाठन गराएन, यहाँबाट उत्पादित जनशक्ति श्रमबजारमा साटिन सकेन र सिकाइविधि पनि प्रविधिमैत्री भएन भनेसँगै एकबेलामा सामुदायिक विद्यालयको अवस्था विद्यार्थी संख्या, विद्यालयको पूर्वाधार विकास र शिक्षकको जवाफदेहिताको पक्ष खस्कँदो थियो । अहिले यसमा गुणात्मक परिवर्तन आएको छ । यो परिवर्तनलाई व्यवस्थापन गर्न विद्यालयसम्बद्ध अभिभावक भेलाहरू अभिभावकको उल्लेख्य उपस्थितिमा हुने गरेका छन् । यसको अर्थ के पनि हो भने सामुदायिक विद्यालयले आफ्नो व्यवस्थापकीय क्षमता र शैक्षिक उपलब्धीमा सुधार ल्याएको छ । समुदायमा अभिभावकको भरोसा जित्न सफल भएको छ, आड बढेको छ ।

वर्तमान
फरक सिकाइविधि, प्रविधिमैत्री शिक्षणशैली र यसको कुशल व्यवस्थापन उत्पादित जनशक्तिको भविष्य सुनिश्चितताको आधार हो । यसनिम्ति विषयगत शिक्षकले मुख्यतः आफ्नो योजनावद्ध शिक्षण र खोजमा आधारित नवीन शिक्षण विधि अवलम्बन गरिदिनुभएकोले सामुदायिक विद्यालयले फड्को मार्दैै आएका छन् ।
शिक्षासम्बन्धीको सम्पूर्ण व्यवस्थापनको कार्यतालिका स्थानीय सरकारमा आएपछि परिवेशअनुरूपको शिक्षा नीति र पाठ्यक्रमको लागू हुने गरेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकहरूलाई समयसमयमा शिक्षण सिपमा परिस्कृत गर्ने गरेको छ । यसले पनि शिक्षक र विद्यार्थी दुबैमा समयानुकूल गति र प्रगतिको आभास बढेको छ भने सामुदायिक विद्यालय आधुनिक शिक्षणस्थल समेत बन्ने गरेको छ ।

स्थानीय शिक्षा
नगरपालिका निर्देशित विद्यालयको कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको वार्षिक, कार्यतालिका, शैक्षणिक योजना, एकाइ योजना र परीक्षा प्रणालीको क्यालेण्डर बनाएर काम अघि बढाएपछि शिक्षण क्षेत्रमा एकरूपता आएको छ । अब क्रमशः दाम हुने र नहुने अभिभावकका छोराछोरीले पढ्ने शिक्षा नै बजारमा फरकफरक भन्ने खालको भ्रमको बादल फाट्दै गएको अवस्था विकास हुनेछ । फलतः शिक्षा सार्वजनिक विषय हो, यो सामाजिक विषय हो, व्यापारिक विषय होइन र यसको बजारअनुकूल व्यापार हुँदैन भन्ने नजिर स्थापित गर्न सकिन्छ । योजनावद्ध रूपमा सञ्चालित यो महत्त्वपूर्ण सिकाइविधिलाई कसरी प्रभावकारी बनाउने ? कसो गर्दा थप प्रभावकारी हुन्छ ? हाम्रो ध्यान त्यसतर्फ खिचिँनुपर्छ ।

चाहिएको शिक्षा
कक्षा १२ उत्तीर्ण हुनुपूर्व नै परीक्षा दिएर कक्षा कोठाबाहिरिँदै गर्दा अर्को वर्ष खाडीमा भेटौँला भन्ने संकल्प सहित अधिकांश विद्यार्थी किन परस्परमाझ छुट्छ ? गरिखाने आधार आफ्नै जन्मस्थलमा देख्दैन ? जन्मस्थल उसका लागि कर्मस्थल किन बन्न सक्दैन ? पैसाका लागि जे पनि गर्न तयार हुनेखालको स्थिति किन विकास भइरहेको छ ? औसत सानो उमेरमै चोरीचकारी, यौनजन्य व्यवहार, लागू औषधसँगको संलग्नता, लैंगिक हिंसा, साइबर हिंसा, मानव तस्करी र आमरूपमा ढाँटछलका व्यवहार किन विकास भइरहेका छन् ? पुस्तान्तरणको क्रमसँगै समाजमा नैतिक आचरणको ह्रास किन भइरहेको छ ? मानवीय मूल्यमान्यता र स्थापित संस्कारसंस्कृतिहरू किन धराप पर्दै गएका छन् ? औसत पढाइलेखाइ पूरा गरेपछि पनि शिक्षित नागरिक समाजप्रति किन जिम्मेवार बन्न सक्दैन ? आफ्नै घरपरिवारले नै उसलाई किन विश्वास गर्दैन ? अर्थात्, एउटा शिक्षित नागरिक पनि घरपरिवारप्रति पूर्णतः उत्तरदायी किन बन्न सक्दैन ? समाजमा शान्ति र मैत्रीपूर्ण वातावरणभन्दा परस्पर द्वेष आधारित विभेद र विद्वेषकारी गतिविधिले किन आकार लिइरहेको छ ? युवातरूण उमेरमै मानिसको किन डिप्रेशनको शिकार हुन्छ ? किन आत्महत्याको बाटो रोज्न पुग्छ ? यी कतिपय भयावह पक्षले मानव संस्कृति र प्रकृतिलाई चोट दिइरहेको छ । व्यवस्थापनको यो अनिवार्य पक्षलाई आजको अपेक्षित उपलब्धीसँग जोडेर अध्ययन गर्न आवश्यक छ । शिक्षण सिकाइको क्रमविकास सँगसँगै तालिका आधारित भएर विषयवस्तुको उठान गर्नु जरूरी भएको छ । जहाँ समस्या देखिएको छ, समाधानका उपाय त्यहिँ खोज्नुपर्छ, कार्यस्थलमै समाधान गर्न सजिलो हुन्छ । समुदायमा आजका अभिभावकको यो अपेक्षाअनुरूप यो कामको व्यवस्थापन सामुदायिक विद्यालयले गर्नुपर्छ ।

शिक्षामा अपेक्षा
प्रयोगात्मक विधिले विषयवस्तुमाथिको परीक्षा केन्द्रीत पठनपाठन विधि, वर्णनात्मक शैली, कण्ठस्थ गर्न लगाउने, घोकाउने अभ्यासहरू पुरानिएका छन् । अब विद्यालयले सिकाइविधिलाई विषयान्तर गर्दै पनि सहजीकरण गर्नुपर्छ । सहजीकरणका प्रक्रियाहरू अवलम्बन गर्नुपर्छ । विद्यार्थी केन्द्रीत र उनीहरूको अपेक्षामैत्री शिक्षण विधि परिस्कृत भएको छ । कक्षामा दैनन्दिन हाजिर हुने शिक्षकका अतिरिक्त विभिन्ना विषयोपर विज्ञता आर्जन गर्नुभएको सामाजिक व्यक्तिले समेत सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताको रूपमा भूमिका खेल्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । पढेर के गर्ने ? विषय विज्ञता भनेको के हो ? कुन क्षेत्र रोज्दा यसको प्रतिफल के हुन्छ ? सामाजिक जीवन र यसको व्यवस्थापनको पक्ष के हो ? सांस्कृतिक सहचार्यको भूमिकामा कसरी रहन सकिन्छ ? आदि जस्ता विषयोपर मेटिभेसनल कक्षाहरू सञ्चालनमा ल्याउनुपर्छ । सामुदायिक विद्यालयको यो प्रयत्नबाट कमसेकम विद्यार्थीमा माथिल्लो हरफमा भनिएजस्तो नराम्रो आनीबानी र शैलीको विकास नहोस् !

शिक्षण पेशामा परिवर्तन
प्रायशः विद्यालयमा जागिर पेशाको उत्तरार्धसँगै सेनानिवृत्त अवस्था र रिक्त संख्या चुलिँदो छ । रिक्त ठाउँमा आउनुभएको शिक्षक औसत प्रविधिमैत्री हुनुहुन्छ, देश–विदेशका घटनाक्रमसँग साक्षर र जानकार हुनुहुन्छ, चाहिएको बेला खोजेर पढ्नगुन्न सक्ने क्षमता सहितको हुनुहुन्छ, ज्ञानआर्जनको पक्ष राम्रो छ, सामाजिक मनोविज्ञानलाई रामोसँग बुझेको हुनुहुन्छ । परम्परागत मात्र होइन, प्रविधियुक्त ज्ञानविज्ञान सहितको स्मार्ट हुनुहुन्छ । यसले शिक्षाको गुणस्तरमा सुधार ल्याउन तथा सर्वसुलभ र प्रभावकारी सहजै सक्छ । यो दक्ष जनशक्तिले सामुदायिक विद्यालयमा पोखिएको बाल मनोवैज्ञानिक पक्षको ज्ञान, विद्यार्थीको विषयगत रूचि–अभिरूचि र आफ्ना बालबालिकाप्रति अभिभावकको अपेक्षालाई विद्यालयको सम्पत्तिको रूपमा लिन र भरोसा जित्न सके अधिकांश सामुदायिकले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नेमा कुनै शंका छैन । यसो गर्दा समुदायमा सामुदायिक विद्यालयप्रतिको प्रभाव गुणात्मक ढंगले वृद्धिविकास हुनेछ भने दक्ष शिक्षक संलग्न शिक्षाको गुणस्तर र क्षमतावान विद्यार्थी उत्पादन अर्थात् दक्षजनशक्ति उत्पादन, अभिभावकको आफ्ना सन्तानप्रति अपेक्षा पनि स्वभावि रूपमा सम्बोधन हुनेछ ।

किवदन्तीमा सुनिन्छ– द्वापर युगका मर्यादित पुरूष श्रीकृष्ण र सुदामा एकै गुरूकुलका शिष्य थिए । श्रीकृष्ण, बलराम र सुदामाले काशीबाट झिकाइएका काश्यप गोत्रीय गुरूबाट उज्जयिनी गुरूकुलमा शिक्षा आर्जन गरेको थिए । यहाँ जोड्न खोजेको कुरा के मात्र हो भने प्राचीनकालको यो गुरूकुल शिक्षा प्रदान गर्ने कुरामा भेदभाव थिएन । धनाढ्य श्रीकृष्ण र निर्धन सुदामा सँगैसँगैका विद्यार्थी रहने प्रचलन कति सुन्दर थियो ।

समयक्रममा महंगा स्कुलमा छोराछोरीलाई पढाएको छु, छात्रबासमा राखेर उनीहरूलाई बढाएको छु र फलानोलाई अष्ट्रलिया र फलानोलाई युरोपतिर पठाएको छु भनेर चियाचौतारामा गफ दिएर हाँकिने दिन पनि समाप्त हुँदै जानेछन् । सरोकारवालाले प्रश्न गर्ने र प्रतिस्पर्धाको रणमौदानमा उभिएर आलोचना गर्नेले पनि ठाउँ पाउने छैनन् ।

अभिभावकको दायित्व

आफ्ना सन्तान बनाउने प्रश्न हो भने यसतर्फ सामुदायिक विद्यालयको अपेक्षाअनुरूप अभिभावकमा पनि कर्तव्यबोध हुनु जरूरी छ । विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक प्रभाव होइन, विषयगत ज्ञान, ज्ञान नभए ज्ञानआर्जन गर्ने रूचि भएको अभिभावकले सहधर्मी अभिभावकलाई चुन्नुपर्छ ।
निजी विद्यालय पढ्ने सन्तानको रेखदेख र विषय शिक्षकसँग संवाद गर्न दिनमा अनिवार्य एकपटक विद्यालय पुग्ने अभिभावक त्यही बच्चा सामुदायिक विद्यालयमा दाखिला गराएपछि महिनौंसम्म किन देखा पर्नुहुन्न ? यहाँनेर अभिभावकले पनि घोत्लन जरूरी छ ।
आफ्नो सन्तान बुढेशकालको सहारा हो, आड–भरोसा हो र यसनिम्ति संरक्षित पूंजी हो । विद्यार्थीकालमा सन्तान नियमित विद्यालय गएको छ कि छैन ? चरित्र विकासको पक्ष के–कस्तो छ ? आनीबानी कसरी विकास भइरहेको छ ? कतै कुनै गम्भीर कुलतमा पो लागेको छ कि ? उसको समग्र पढाइलेखाइको पक्ष कस्तो छ ? उसको विद्यालय खाजा, साथीभाइसँगको उठ्बस, शौच आदिको दिनचर्या कस्तो छ ? पढ्ने वातावरण पाएको छ कि छैन ? आफ्नो समाज र परिवेश सुहाउँदो व्यवहारिक ज्ञान र अनुशासनको ज्ञान पाएको छ कि छैन ? जस्ता विषयमा अहिले पनि अभिभावकको ध्यान पुग्न सकिरहेको छैन । एकोहोरो राम्रो भइदिए हुन्थ्यो भन्ने अपेक्षाले परिणाम दिन सक्दैन । किनभने २४ घण्टामा बढीमा ६ घण्टा मात्र विद्यार्थी विद्यालयमा हुन्छ, अन्य समय त घरमै अभिभावको निगाहमा हुने गरेको हुन्छ ।

सामुदायिक शिक्षा
समुदाय र समुदायको प्रत्येक परिवारको सहभागिता सामुदायिक विद्यालय व्यवस्थापनमा केन्द्रीत गर्न सकियो भने, प्राप्त गुणस्तरीय शिक्षालाई मानिसको चेतना र चरित्रको विकासको आधार बनाउन सकियो भने, यसनिम्ति मानिसमा आफ्ना सन्तानको हेरबिचार गर्न विद्यालयको आन्तरिक नियमकानुनअनुसार समय दिनुपर्छ भन्ने उत्सुकता र तत्परता जगाउन सकियो भने, राज्यले बिना कुनै शुल्क शिक्षाको प्रबन्ध मेरालागि अर्थात् हाम्रालागि गरेको हो, यसको उपयोग गर्नुपछ भन्ने भाव जगाउन सकियो भने, सामुदायिक विद्यालयबाट उत्पादित विद्यार्थीहरूले नै निजी विद्यालय चलाएका छन्, पढाएका छन्, यसकारण पनि यहाँको उत्पादन कमजोर हुन सक्दैन भन्ने विश्वास दिलाउन सकियो भने र सामुदायिक विद्यालयको उत्पादन नै औसत समाजप्रति, समुदायप्रति अलिकबढी जवाफदेही रहँदै आएको भन्ने विषयलाई बुझाउन सकियो भने हामी अभिभावकको प्रत्यक्ष परोक्ष रेखदेखबाट सामुदायिक विद्यालयको समाजको निर्विकल्प गन्तव्य हो कुरा एउटा मानकको रूपमा स्थापित गर्न सकिन्छ ।

आजको आवश्यकता
अहिले हामीलाई चाहिएको भनेको जीवनोपयोगी सीप र सीपसहितको शिक्षण सिकाइविधि नै हो । जीवनलाई सहज कसरी बनाउने ? जीवनोपयोगी सीप र व्यवसायका सम्भावनाहरू स्थानीय रूपमा के–के छन् ? यो प्रत्येक विद्यार्थीले विद्यालय जीवनमा नै सिक्नुपर्छ भन्ने हो । यसबाहेक समाजमा मर्यादित कसरी हुने ? सामुहिकतामा कसरी रमाउने ? सामुहितामा निर्णय कसरी लिने ? कतिपय बेलामा उब्जने तनाव व्यवस्थापन कसरी गर्ने ? असल स्रोता कसरी बन्ने ? प्रभावकारी वक्ता कसरी बन्ने ? आफ्ना कुरा कसरी बुझाउने ? अरूसँग समन्वय कसरी गर्ने ? कला भएको भए राम्रो कलाकार कसरी बन्ने ? अरूलाई कसरी विश्वास दिलाउने ? चित्त नबुझेका कुरा कसरी राख्ने ? आफूभन्दा ठूलाबडालाई कसरी सम्मान गर्ने ? आफूभन्दा सानालाई कसरी माया गर्ने ? समाजमा भएका रीतिरिवाज, चाडपर्व, भाषा, धर्म, संस्कृतिलगायत संरचनागत पक्षलाई कसरी मान्ने ? सामाजिक धर्म र अस्तित्व–सहअस्तित्वको पक्षलाई कसरी ग्रहण गर्ने ? आदि जस्ता जीवनका लागि उपयोगी र आवश्यक पर्ने सीप र ज्ञान विद्यालय शिक्षाबाट दिनुपर्छ ।

निचोड
हाम्रा स्वभाविक अपेक्षाहरू धेरै छन् । यसनिम्ति विद्यालय हाताभित्र प्रशासनिक कार्यक्षमताका दृष्टिकोणले प्रभावकारी नेतृत्व र कुशल व्यवस्थापन गर्ने क्षमताका प्रधानाध्यापकको छनौट, विद्यालय व्यवस्थापन समितिमार्फत आमअभिभावकको चासो र सहजीकरणको भूमिका, योग्य, क्षमतावान, प्रतिष्ठित, लगनशील र समर्पित शिक्षकको लगाव नै सामुदायिक विद्यालय सुधारको सूचक हुन सक्छ । शिक्षाआर्जन चेत विकासदेखि अचेत रहँदासम्मका लागि हो । मानवमूल्यमा आधारित शिक्षाआर्जनको परिवेश निर्माण गर्न सकियो भने त्यो जिवन्त रहन्छ, हुन्छ ।

सम्बन्धित खवर