कस्ता ब्यक्तिले गर्न सक्छन बलात्कार ? बलात्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

कस्ता ब्यक्तिले गर्न सक्छन बलात्कार ? बलात्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन

                 गोपाल ढकाल (मनोबिद)

पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन । भर्खरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो ।

कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलात्कारका घटनाहरु बढेर गएको देखिन्छ । यस्ता घटनाहरु किन हुन्छन? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस ‘

असामाजिक ब्यक्तित्व : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्वसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने, सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यौनको लत : यौनको लत लागेका ब्यक्तिहरु यौन प्रती अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।

अप्राकृतिक यौन व्यवहार : जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्वभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्ने पनि सम्भावना हुन्छ ।

नैतिक पतन : नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा : अबिबाहित, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलात्कार गर्न सक्छ । साथै लागुपदार्थ सेवनगर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कार गर्न पुग्छ ।

पोर्नोग्राफी र साईबर सेक्सको लत : पोर्नो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध, आदिजस्ता शिर्षकका अस्लिल भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।

मानसिक रोग : मोनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ । उसको व्यवहार र बिचार पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।

शरिरिक कारण : शरिरमा सेक्स हर्मोन बढदा यौन चाहना बढन गई , आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलत्कारका घटना हुन पुग्छ ।

अति बिश्वास गर्नु : घर परिबारका सदस्य बिच चाहिने भन्दा बढि घनिष्टता, अति बिस्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।

मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।

यौन अनुशासन नहुनु : सानैबाट यौन अनुशासन नभएको , पतित , बिखण्डित , अनुशासन हिन , चरित्र हिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।

यी र यस्ता अन्य धेरै यौन समस्या (बिचलन), मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ । यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रुपमा स्वस्थ ब्यक्तिले समाजले स्विकारेको मात्र काम गर्छ । काम गर्नु अगाडि परिणामको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।

सम्बन्धित खवर