साइनो समाचारदाता
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा ११५० रुपैयाँमा कारोबार भएको थियो ।
















