सरोज निरौला/पथरी, १९ असार
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा सुवास सुन्दास चयन भएका छन् । नेपाल कपडा तथा सिलाई महासंघ मोरङ अध्यक्ष भगत परीयारको अध्यक्षतामा भएको कमिटी गठनमा सुन्दास सर्वसम्वत चयन भएका हुन् ।
असार १८ गते महासंघको कोसी प्रदेश संम्योजक तथा केन्द्रिय सदस्य हरी पोख्रेल(दर्जी)को प्रमुख आतिथ्यतामा भएको कमीटी गठनको सहसंयोजकमा प्रकाश शिवा सचीवमा रेनुका सुन्दास, कोषअध्यक्षमा शान्ता परीयार, सदस्यहरुमा श्याम शिवा, महबुब खान, रिता पाँचकोटी, स्मिता सुन्दास, र पदम वरैचा चयन भएका छन् ।
नव गठीत कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि महासंघको कोसी प्रदेश संम्योजक तथा केन्द्रिय सदस्य हरी पोख्रेल(दर्जी)ले बधाई तथा शुभकामना दिनुभएको थियो । पथरी शनिश्चरे १ नर्वदेश्वर शिवालय मन्दिरमा भएको भेलामा कोसी प्रदेश सदस्य गीता पाँचकोटी जिल्ला सचिव चक्र नेपाली बेलबारी नगर कमिटी अध्यक्ष पदम नेपाली लगायतको उपस्थिती रहेको थियो ।