ब्यापारीहरुमाथि राजस्व विभागको आतंक, डीजी ढुंगाना बिरुद्ध मुद्दाको तयारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

ब्यापारीहरुमाथि राजस्व विभागको आतंक, डीजी ढुंगाना बिरुद्ध मुद्दाको तयारी

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले उद्योगी–ब्यवसायीलाई आतंकित बनाएर रकम असुल्ने अभियानलाई तीव्रता दिएका छन् ।

२ महिनापछि रिक्त हुने कोलकाताको महाबाणिज्यदूतमा नियुक्तिको सुनिश्चितता गरिसकेका ढुंगानामाथि अहिले विशेषगरी मारवाडी समुदाय र नेपाली कांग्रेस निकट ब्यापारीलाई तर्साएर रकम असुलिरहेको आरोप लागेको छ ।

बिभागका ७ वटै महाशाखामार्फत् उद्योगीहरुलाई फोन सम्पर्कमार्फत् तपाईका बिरुद्ध उजुरी परेको छ, छानबिन गर्नुपर्ने भएकाले कागजपत्र लिएर उपस्थित हुन उर्दी जारी गर्ने गरेको एक व्यबसायीले गुनेसो पोखे । उर्दीपछि बिभागमा उपस्थित हुने ब्यवसायीहरुलाई पुनः तारिखमा बोलाउने, घन्टौं विभागमा राख्ने, त्रुटि फेला पर्न नसकेपछि फेरि अर्को मितिमा बोलाएर दुःख दिने काम गर्दैआएका छन् ।

आर्थिक मन्दीमा जसोतसो उद्योग ब्यवसाय धानिरहेका ब्यवसायीहरुलाई राजस्वले आतंकिता पारेपछि ब्यापारीहरु पेशाबाटै पलायन हुने क्रम बढेको छ । राजस्व चुहावट र तस्करी नियन्त्रणमा भन्दा पनि महानिर्देशक ढुंगना र उनका निकट अधिकृत मानप्रसाद विके, उपसचिवद्वय सन्तोष पौडेल र इश्वरी ढकाल लगायतको समूहले ब्यापारी तर्साउने कामको नेतृत्व गर्दैआएका छन् ।

पछिल्ला समयमा ढुंगानाले विभागबाट आफ्ना निकटस्थहरुको बेग्लाबेग्लै टोली खटाई ब्यापारीहरुको कार्यालय र गोदाममा छापा हान्ने कार्यलाई तीव्रता दिएका छन् । शाखा कार्यालयहरुको कार्यक्षेत्रमा रहेका ठाउँहरुमा पनि जानकारी नदिई ढुंगानाको टोलीले छापा हान्ने काम गर्दै ब्यापारीलाई तर्साउने र आतंकित पार्ने गरेको आरोप छ ।

बिहीबार दिउँसो मात्र रौतहट लगायतका जिल्लामा महानिर्देशक ढुंगानाको टोलीले ब्यापारीको गोदाम र कार्यालयमा छापा हानेको छ । रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिको गोदाम र मिलमा छापा हानिएको छ । नेपाली कांग्रेसनिकट ब्यापारी बाबा बैजुनाथका संचालक रहेका र उनको डिस्टिलरी समेत संचालनमा छ । रौतहट, बारा, पर्साका ब्यापारीहरुलाई छापा हान्न ढुंगानाले टोली खटाएका हुन् ।

त्यस्तै अर्को टोली बिराटनगर, इटहरी, झापा, बुटवल, भैरहवा र नेपालगंजमा पनि खटाइएको छ । मातहतका कार्यालयहरुबाट दिइएको प्राप्त सूचनालाई महानिर्देशक आफैंले संकलन गरी आफ्ना निकट कर्मचारीमार्फत् ब्यापारीलाई कार्यालयमा उपस्थित हुन लगाउने, करोडौं रकम घुस माग्ने र नदिएमा छापा हान्ने, दैनिक तारिखमा राख्ने, मुद्दा हाल्ने धम्की दिने गरेको स्रोत वताउँछ ।

‘राजस्व अनुसन्धान विभागका कुनै पनि महानिर्देशकको पालामा यस्तो नांगो आतंक मच्चाइएको थिएन, राजस्व छली वा चुहावट गरेको प्रमाण नै नभेटिए पनि विभागले ब्यापारीलाई अनाहकमा दुःख दिएको एक ब्यापारीले नाम उल्लेख नगर्ने सर्तमा बताए– ‘जस्तो आतंक अहिले ढुंगानाले मच्चाएका छन्, दीप बस्नेत डीजी हुँदा पनि यस्तो आतंक थिएन । भरत सुवेदी राजस्व अनुसन्धान बिभागको निर्देशक हुँदा राजस्व छली नभए पनि ब्यापारीलाई टर्चर दिएर करोडौं बार्गेनिङ गर्थे, त्यस्तै शैलीमा वर्तमान महानिर्देशक ढुंगाना प्रस्तुत भएका छन् ।’

बिभागले यस्तो आतंक मच्चाएपछि अहिले दर्जनौं ब्यवसायीहरु संगठित भएर महानिर्देशक ढुंगाना र विभागबिरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । कानुन ब्यवसायीहरुसँग परामर्श गरिरहेका ब्यवसायीहरु ढुंगानाको आतंक नरोकिए चाँडै नै मुद्दा दर्ता गर्ने तयारीमा छन् ।

उनीहरुले ढुंगानाको आतंक रोक्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री बर्षमान पुन र गृहमन्त्री रवि लामिछानेलाई भेटेर गुनासो राख्ने तयारी गरेका छन् । उक्त निकायबाट पनि सुनुवाइ नभए मुद्दा दर्ता गर्ने, पत्रकार सम्मेलन गरेरै राजस्वका डीजी ढुंगाना र उनको टोलीको आंतकको पर्दाफास गरी आन्दोलन नै घोषणा गर्ने तयारीमा छन् ।

राजनीतिक दलहरु सत्ता गठबन्धनको जोडघटाउमा लागिरहेको मौका छोपी ढुंगाना भने ब्यापारीलाई तर्साउने करोडौं असुली गर्ने चलखेलमा लागेको आरोप छ । गएको असार १३ गते विभागमा हाजिर भएका ढुंगाना विगत ३ महिनादेखि ब्यापारी र उद्योगीहरुमा आतंक मच्चाएर करोडौंको मोलमोलाइमा लागेको स्रोतको भनाइ छ।

अहिले गठबन्धन फेरिएपछि कांग्रेस निकट मानिएका उपसचिवहरु विभागबाट आउट गर्ने तयारीमा ढुंगाना लागेका छन् । व्यापारीहरुलाई तर्साएर दु:ख दिएको र मोलमोलाई गरेको बिषयमा ढुंगानासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

साभार : अनलाइन नेपाल

सम्बन्धित खवर