टेक संंसार द्धारा आयोजीत हाईकभिजन पार्टनर तालिम सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

टेक संंसार द्धारा आयोजीत हाईकभिजन पार्टनर तालिम सम्पन्न

सरोज निरौला
पथरी असार ८ चाईनाको बहुप्रतिष्ठित सिसी क्यामेरा उत्पादक कम्पनी हाईकभिजनद्वारा उद्पादित सेक्युरिटी प्रोडक्सको बारेमा जानकारी दिने उदेश्यले एक दिने ब्रिफिङ तथा पाटनर तालिम सम्पन्न भएको छ ।


पथरी शनिशचरे २ स्थित सिन भिलेज पार्टी प्यालेसको हलमा सम्पन्न कार्यक्रममा हाईकभिजन सिसि क्यामेरा कम्पनीद्वारा उत्पादित सेक्युरिटी सिस्टम एटेन्डेन्स मेसिन, डुअर लक ,नम्बर प्लेड रिड गर्ने एएनपीआर क्यामेरा, फायर डिटेक्सन सिस्टम लगायतका बारेमा जानकारी गराईएको थियो ।

सबै प्रकारका सि सि क्यामेरा, उत्पादन गर्दै आएको हाईकभिजन सिसि क्यामेरा कम्पनीले पछिल्लो समय आफ्नो उत्पादनमा फिचर टेक्नोलोजी थप गरेको छ । उत्पादित क्यामेराले कुदिरहेका गाडीहरुको नम्बर प्लेट रिड गर्ने,रातको दिनको समयमा भिडियो उस्तै देखाउने,मानिस आएको जनावर आएको आलारम द्वारा जानकारी दिने,लामो समय रेकर्डिङ स्टोरेज गर्न सक्ने, स्टोरेजको लागि अन्य डिभाईस प्रयोग गर्न नपर्ने, २ किलोमिटर सम्म जुम गरेर हेर्न सकिने,तार प्रयोग गरिरहनु नपर्ने , थर्ड पार्टी सफ्टवेर प्रयोग गर्न नपर्ने आफ्नै सफ्टवेयर भएको लगायतका अन्य थुप्रै फिचर थपिएर आएको जानकारी गराईएको थियो ।

विशेष गरि सिसि क्यामेराको बारेमा जानकारी गराईएको कार्यक्रममा फायर डिटेक्सन,ईलेक्ट्रिक हाजिरी मेसिन लगायतका उत्पादनमा पनि धेरै फिचर अपडेट भएर आएको बताईएको थियो । पछिल्लो समय जनघनत्व बढे सँगै सेक्युरिटी सर्भिसमा पनि चुनौती बढ्दै गएको सवालमा हिक भिजन कम्पनीका उत्पादनले सेक्युरिटी सर्भिसमा विश्वसनिय तवरले सहयोग गर्ने बताईएको थियो ।

हाईक भिजन सेक्युरेटी सिस्टमका आधिकारीक विक्रेता टेक संसार प्रालिले पथरी शनिश्चरेमा रहेर आईटीको क्षेत्रमा विश्वनीय काम गर्दै आएको छ । टेक संसार प्रालिले वेवसाईट तथा मोवाईल एप्लकिेसन डेप्लपमेन्टको काम सँगै आईटी सम्वन्धि विक्रि वितरण गर्दै आएको छ ।लामो समयको वारेन्टी ग्यारेन्टी सहित बजारमा उपलब्ध भएका उत्पादन सरल मुल्यमा नेपालका जुनै पनि स्थानमा सहजै पाउन सकिने टेक संसार प्रालिका सञ्चालक तुलसी लुनियाले बताए ।


टेक संसार प्रालि पथरीको आयोजनामा सम्पन्न पाटनर तालिममम हाईक भिजन कम्पनीका नेपालका सेल्स म्यानेजर सुलभ भण्डारी,भत्सल ईन्पेक्स  प्रा. लिका ईन्जिनियर प्रविन सापकोटाले हाईक भिजनले उत्पादन गरेका सेक्युरिटी सिस्टमका बारेमा ब्रिफिङ गर्नुभएको थियो । कार्यक्रममा पथरी, उर्लाबारी, बिर्तामोड , बिराटनगर, जाँतेका सुचना प्रविधि क्षेत्रमा काम गर्दै व्यवसायीे सहभागीता तथा प्राविधिक हरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर