साइनो समाचारदाता
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ४०० बढेर ९६ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा रु १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३१५ रुपैयाँमा कारोबार भएको थियो ।
















