पथरीशनिश्चरेमा ७ जनामा कोरोना, अव्यवस्थित क्वारेन्टाइनका कारण सरेको आरोप - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीशनिश्चरेमा ७ जनामा कोरोना, अव्यवस्थित क्वारेन्टाइनका कारण सरेको आरोप

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज एकैदिन ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएको छ । क्वारेन्टाइनका ४ जना र समुदायस्तरका ३ जना सहित ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

देशभर लकडाउन जारी रहेपनि पथरीशनिश्चरे नगरपालिकाले भने लकडाउनको कार्यान्वयन गराउन नसकेको भन्दै नगरको चौतर्फी आलोचना भइरहेको छ । नगरले लकडाउन र शिल घोषणा गरेपनि नगरमा कार्यान्वयन गराउन सकिरहेको थिएन । कतिपय जनप्रतिनिधि र कर्मचारीले समेत लकडाउन र शिलको उल्लंघन गरेको देखिन्छ ।

लकडाउनको समयमा पथरी बजारभित्रका होटलहरुमा जनप्रतिनिधी र कर्मचारीहरु नै होटलबाहिर गाडी राखि भित्र खानपिनमा ब्यस्त देखिन्छन् । जसले गर्दा नगरबासिले कर्मचारी र जनप्रतिनिले गरेको लकडाउनको आह्वान अवज्ञा गरेको पाइन्छ । जसका ज्वालन्त उदाहरण समुदायस्तरमै कोरोनाको लक्षण देखिनु हो ।

केहीदिन अघि पथरीको क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै क्वारेन्टाइनमै बसेका ब्यक्तिले त्यहाँको फोहोरको डँगुरसहितको तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए । उक्त फोटो सार्वजनिक भएपछि नगरको चर्को आलोचना भएको थियो । अहिले क्वारेन्टाइनका ४ जनालाई कोरोना पुष्टि भएको छ ।

क्वारेन्टाइनको अवस्थासहितको फोटो तथा भिडियो सार्वजनिक गर्ने भारतिय सेनामा कार्यरत एक व्यक्तिले आफु तन्दुरुस्त रहेको र क्वारेन्टाइनको अवस्था सार्वजनि गरेको कारण आफुहरुलाई त्रसित गराएको आरोप लगाएका छन् ।उनले भने ‘हामिलाई कोरोना लागेको भए यहिको असुरक्षीत क्वारेन्टाइनले सारेको हो । हामि पल्टनमा हुँदा क्वारेन्टाइनमा बसि परिक्षण गरि आएका हौँ । मँ सँगै आएका धरानका १० जना साथीहरु घर फर्किसके मलाई कसरी कोरोना लाग्यो त ?’उनिसहित क्वारेन्टाइनमा बसेका अन्य व्यक्ति भने पून परिक्षणको माग राख्द आइसोलेसन नजाने अडान लिरहेका छन् ।

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

 

 

सम्बन्धित खवर