यौन ब्यवसायीसँगको एकदिन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

यौन ब्यवसायीसँगको एकदिन

– विमल लामिछाने

पत्रकारिता गरेको लामै समय भएपनि शहरीया परिवेश मेरालागि नयाँ थियो । बजारको नियमलाई उल्घंन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो……. । हेलो तयारी रहनुहै हामी ९ बजे एउटा कार्यक्रममा जानु छ । मैले जवाफ दिए मेरो म्यागजिनको लागि एउटा रिर्पोटिङ्ग गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन हओ । रिर्पोटिङ्ग पनि हुन्छ भिजिटिङ्ग पनि हुन्छ जानुपर्छ है । उनले ढेट गरे पछि मैले स्वीकारे चिनजानी भएको धेरै नभएपनि भेटघाट र उठबसको हिसावले हाम्रो मित्रता गाढा भईसकेको थियो ।
उनी र म बिचमा फरक यती थियो की उनी धनाड्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागे । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ सााथी थपिए, मानौ योजना बनाए जस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधै झैँ चिया खाने निधो भयो । म तेसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारे । इन्द्रले स्कारपियो हुइक्याए र एक आलिसान महलको गेट भित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारि रहेका थिए । मलाईपनि यो आलिसान महलको प्रवेश असहज भईरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिईन । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तब्य बारे अन्योलमा रहेछन् । ‘स्कारपयिो हलको पार्किंङ्गमा छि¥यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेश्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबै पट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।
मैले प्रश्न गरे– हामी यहाँ किन आईरहेका हौं ? इन्द्रले हास्दै जवाफ दिए नो प्रोब्लोम । माल हान्ने हो क्या आज । मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचे पसलका केही सामानहरु लानु रहेछ क्यारे…। माल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्केईलो पाराले आफ्नै शैलिमा फोनमा बोल्न थाले ।’
‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आउ है । हाम्रो एक राउन्टको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।
इन्द्रले उनीहरुलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौ । उनीहरुको यस्तो हल्का प्रस्तुती थियो की मानौँ हामी सधैँ भेटभई रहने निकटका साथि हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरु बसे । विना संकोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटोन भन्दै हतारीरहेका थिए । इन्द्रले हतार–हतार केही खुसुक्क भनुला झैँ गरेर जुरुक उठे र एउटीको कान फुके अनी हामीलाई भने–‘साथी हो ल माल छान्नुहोस् हैँ…। मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ ?
समय वित्न नपाउदै इन्द्रले जुरुक्क उठेर चार मध्ये बिचकी एउटीको हात च्याप्प समाते उनी जरुक्क उठिन र मुसुक्क हाँसिन । बनावटी हाँसो जस्तै गरेर उनीहरु एक अर्काको अंगालोमा बेरिएर पर्दा पछाडी पसे । हामी तीन मध्येका एक पनि इन्द्रकै सिको गरे झैँ गरेर अर्कौ कोठाको पर्दा भित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो ।
धेरै समय सुन्यतामा रयो । म मनमनै सोचिरहेको थिएँ, यीनीहरु कसरी यो पेसामा लागे होलान ? यीनीहरुसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुनेथियो की ? या हामीलाई यीनीहरुले नामर्द भन्दाहुन… या … यस्तै खुल्दुली भइरयो ।
सुन्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे– सर, तपाईहरु……? साथी बोल्न नपाउँदै म अघि सरेर भने– हामी ऊ त्यो खुल्ला चौरीको कुर्शीमा जाऊ न है, उनीहरु मुखामुख गरेर हेरिरहे । न कि उनीहरुलाई लाग्दै थियो होला हामीबाट उनीहरुको रोजीरोटी नचल्ने भो । मेरो स्थान टनौटमा उनीहरुको असहजतालाई चिर्दै भएपनि चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेवल कुर्शीमा हाम्रो बसाई आम्ने साम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाई जोडी जोडी नै भयो ।
अर्को जोडीले के गफ ग¥यो मैले चासो राखिन । तर मेरो भागमा परेकी उनीलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँशु झारेर भक्कानीदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।


केहि समयपछि उनले आप्mनो जीवन जीउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्– “मेरो बुबा आजभन्दा आठवर्षअघि द्वन्दको वेला बेपत्ता हुनुभयो, बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहीनी मात्र भयौं, हाम्रो परिवार गरीव थियो, गरीवीका कारण समाजलेपनि हामीलाई हेँला ग¥थ्यो, सानी बहीनीलाई माइजुले पढाइदिन्छु भनेर मावली लानुभयो, त्यो वेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो, नकाबधारीहरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालै पालो बलात्कार गर्थे, आमाको आँखा अगाडी म चिथोरिँदा र मेरै अगाडी आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन ।
यावत क्रममा समय वित्तै गयो, दुइवर्षपछि मेरी आमालाई पाठ्यघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसालाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई मर्नदिने पक्षमा पनि थिइँन, म पैसाको खोजिमा भौतारिरहेकी थिएँ । मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सगाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्यौ । तर कागजी काम सकेर पूर्जा हातपारेपछि ठूलोबुवाले पैसादिन आलटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाइएको रहछ । ठूलोबुवाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो, ।”
बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नु परेको थियो । आमाको उपचार गर्नू मेरो दायीत्व पनि थियो । म कामको खोजीमा भौतारिएकी थिएँ, त्यहीबेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाण्डौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनु भयो । म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको सन्तुष्टीकालागि प्रयोग गरे । एक रातमा नौ दश जनासँग सुत्नुपथ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर पालेले समातिहाल्थो । तीन महिनापछि साहू वाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारबादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ म बुझौला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ र उनीहरुपनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।
म आमालाई भेट्न भनेर काठमाण्डौबाट हिँडेँ । त्यही दिन विहान आमाको देहवास भईसकेको रहेछ । अव त म बुवा आमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टी सकेर महिला सञ्जाल मार्फत न्याय खोज्न पुन काठमाण्डो आउदै थिएँ । म चढेको गाडी बाटामा पम्पचर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाण्डौं ओर्लिदा साँझ परिसकेको थियो । बसपार्कवाट कहाँजाने भनेर म सोचिरहेकी थिएँ । एकजना दिदीले मलाई बोलाइन्, मैले आप्mनो कामवारे बताएँ । उनले आज राती भयो, यतै बसौं भोली सबेरै जानु , भनेपछि म उनीसँगै गएँ । विहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वर सम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहाले ।
म त्यहाँवाट एउटा बहाना बनाएर वाहिर निस्के र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामवारे सवै बताएँ । तर त्यहाँपनि एकहप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन । खल्तीपनि रित्तो भइसकेको थियो । अव के गर्ने होला ? सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ । दुइभाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे, मैले कामको खोजिमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केहिसमयपछि एउटाले बदाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाइपनि बदाम दिए, म भेकाएकी थिएँ, बदाम खायौं । चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए । फ्रुटी खाएपछि मलाई रिगटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ, म बेहोस भएँछु । म होसमा आउँदा एयरपोर्टको पछाडीको चौरीमा थिएँ । मलाई उनीहरुले बलात्कार गरेर भागेछन् । म पागल जस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिड्न थालैँ ।
मसँग पौडेर त्रिप्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो ब्यवसाय नै अर्कालाई सन्तुष्टी दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र विर्तामोड । मसँग कन्ट्याकमा आउने पछारिने, मलाई चुस्ने र सन्तुष्टी लिने धेरै छन् । कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन त कति अपरिचित । तर मलाई सवैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन । न की मैले बताउन चाहेकी पनि थिइँन ।
आज मलाई तपाईले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबापनि मलाई सानामा मायाँ गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे …।”
उनी डाको छाडेर रुन थालिन्, भक्कानीएर मेरो छात्तीमा टाउको राखेर रुँदै भनिन्– प्लिज म तपाईलाई बाबा भन्छु है… ।
(कथा सत्य घटनामा आधारित भएपनि कथाका पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए संयोग मात्र हुनेछ ।)

–समकालिन साहित्य

सम्बन्धित खवर