कोशी प्रदेशमा पनि मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को अडिसन हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

कोशी प्रदेशमा पनि मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को अडिसन हुने

“मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने, सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला”

इटहरी/ १८ बैशाख सन् २०१६ देखि आयोजना हुँदै आएको ‘फेस अफ नेपाल’को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था एमएस प्रोडक्सन नेपालले २०२४ का लागी नयाँ संस्करणको घोषणा गरेको हो । यो संस्करणबाट आयोजक संस्था परिवर्तन भएको छ । फेस अफ नेपालको अबका संस्करणहरुलाई एमएस प्रोडक्सन नेपालले आयोजना गर्नेछ । मोडल हन्टको रुपमा डिजाईन गरिएको यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुबैले सहभागीता जनाउन पाउनेछन् ।

यसका लागी बैशाख १७ गते आइतबारदेखी नै आवेदन समेत खुल्ला गरिएको छ । आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रवन्ध निर्देशक मेनुका माझीका अनुसार यो प्रतियोगितामा १८ देखि ३० वर्ष उमेर समुहका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् भने ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवस्यक पर्ने विवरण भर्नुपर्ने छ ।

नेपालको सात प्रदेशमा चाडैं अडिसन गरिने आयोजकले जनाएको छ भने काठमाडौमा ग्राण्ड फिनाले गरिनेछ । फिनाले पश्चात् यसका बिजेताहरुले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी हुन पाउनेछन् । त्यहाँ एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने छन् । फेस अफ नेपाल २०२४ को कोरियोग्राफी स्मिथ तामाङले गर्ने छन् । सहभागी प्रतिष्पर्धीलाई २ हप्ताको प्रशिक्षण गराईनेछ । त्यसपस्चात निर्णायक र भोटिङको आधारमा आगामी जुलाईमा ३ जना बिजेता छनौट गरिनेछ ।

सम्बन्धित खवर