पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको थियो ।

जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

सम्बन्धित खवर