पथरी, ११ फागुन
परिवर्तनकारी युवाहरुको एक समुहले चुनाव बिथोल्न पाईदैन भन्दै मोटर साईकल र्यालि निकालेका छ । मोरङको पथरी शनिश्चरेमा रहेको सचेत युवा समुहले रास्वपाको समर्थन जनाउदै र्याली निकालेको छ ।

समुहले पछिल्लो समय सामाजिक संजालमा पार्टिका नेता र संगठनबाट चुनाव विथोल्ने अभिब्याक्ती आएको विरोध गर्दै र्यालि निकालेका हुन । नेता र कार्यकर्ता बेगरको र्यालीमा “गुण्डागर्दी चाहिदैन चुनाव बिथोल्न पाईदैन”, Gen-Z को सपना मार्न पाईदैन, भष्ट्र शासक चाहिदैन, जनताले भाद्र २३ बिर्सेका छैन्न, धम्कीलाई नकारौ, अधिकारलाई स्वकारौ, जनता अब मुर्ख छैन्न, जब सम्म सोच बदलिदैन, तब सम्म देश बन्दैन जस्ता प्ले कार्ड बोकेर मोटरसाईकलमा र्याली लगाएका थिए ।

सचेत युवा समुहले मोरङ क्षेत्र नं. ३ को पथरी शनिश्चरे नगर परिक्रमा गरेको छ । पथरी बजारबाट आईतबारे, सुन्दरी चोक हुदै हुलाकी मार्गबाट बुद्व मावि, शनिश्चरे चोक हुदै पथरी बजार निस्किएको र्याली बुद्व चोकमा समापन भएको थियो ।
















