तिस जना ज्येष्ठ नागरीक सम्मानित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

तिस जना ज्येष्ठ नागरीक सम्मानित

पथरी २७ जेष्ठ –“संसार भरिका ज्येष्ठ नागरीक एक हौँ” भन्ने नाराका साथ लोप हुँदै गएको बालन र संगीनी नृत्यको संरक्षण गर्दै आएको मोरङको पथरी शनिश्चरे नगरपालिका ३ को पाथिभरा बालन समुह र बृद्धबृद्धाको छाहरी बन्दै आएको ज्येठ नागरीक एकता समूह नेपालले संयुक्तरुपमा ज्येष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पथरी शनिश्चरे ३ स्थित ज्येष्ठ नागरीक भवनको प्राङ्गणमा आयोजीत कार्यक्रमका सभापती ज्येठ नागरीक एकता समूहका अध्यक्ष टंक प्रसाद तिम्सिना, प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नम्बर तिन का पुर्व वडा अध्यक्ष डम्बर चेम्जोङ लगायतले ३० जना ज्येष्ठ नागरीकलाई सम्मान पत्रको साथमा बर्को ओडाएर तथा,छाता हस्तान्तरण गरेर सम्मान गर्नुभएको थियो ।

आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहँदै नगर प्रमुख तुम्वापोले ज्येष्ठ नागरीकको सवालमा नगरले केहि राम्रो कार्य गर्ने योजना बनाईरहेको बताउदै यस्लाई विस्तारै कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । वहाँले ज्येष्ठ नागरीकको संरक्षण गर्न सके भगवान भेट्न कहिँ जान नपर्ने बताउदै ज्यँदो तिर्थ आफ्ना आमाबुबाको स्याहार सुसारमा केहि कमि आउन नदिन सबैमा आग्रह गर्नुभयो ।

यस्तै कार्यत्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष विजय लिम्बुले आमा बुबानै सबै कुराको मुहान भएकाले मुहान सुके केहिको औचित्य र अस्तित्व बाँकी नहुने बताउदै मुहानलाई सँधै संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । वहाँले ज्येष्ठ नागरीकको छाताको ?पमा रहेको ज्येष्ठ नागरीक भवनको अपुरो निर्माण कार्यमा आफु स्वत स्फुर्त रुपमा लाग्नेमा विश्वस्त हुन सबैमा आग्रह गर्नुभयो ।

पाथिभरा बालन समुहको चौथो बार्षिक उत्सवको अवसरमा र ज्येठ नागरीक एकता समूह नेपालको बार्षक कार्यक्रम अनुरुप आयोजना गरीएको कार्यत्रममा सगरमाथा बालन समुहले भगवानको गुणगान सहित लोप हुने अवस्थामा रहेको खैजडी भजन बालन र संगीनी प्रस्तुत गरेकाे थियो । करीब ५० जना भन्दा बढीको सहभागीतामा सम्पन्न भएको कार्यत्रमको संञ्चालन सामाजिक व्यक्तित्व प्रदिप कार्कीले गर्नुभएको थियो ।

https://www.facebook.com/photo/?fbid=638647544946643&set=pcb.638654471612617

 

सम्बन्धित खवर