साइनाे समाचारदाता/पथरी, २४ बैशाख
मोरङको पथरी शनिश्चरे नगरपालिकामा ७ दिने बाल साहित्य महोत्सव सुरु भएको छ । “कला साहित्य सर्जकहरुको प्रयास बालबालिकाहरुमा सृजनात्मक अभ्यास” भन्ने उदेश्यका कला साहित्य प्रवद्र्धन समितिले महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको उद्धघाटन गर्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले कला र साहित्य बेगर मानिस अधुरो रहने बताउनु भयो । बालबालिकालाई स्कुल स्तर देखिनै कला र साहित्य क्षेत्रमा अगाडी बढाउदै लैजान नगर प्रमुख तुम्बापोले आग्रह गर्नु भयो । नगरले यस्ता कला सस्कृती जगाउने कार्यक्रममा सधै साथ दिने बताउनु भयो ।
महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला, साहित्य लेखन, मूर्तिकला, हस्त लेखन, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस खेल लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहेको छ ।
कार्यक्रममा महोत्सवमा नेपाल ललितकलाका प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य चित्रकार सरोजा खड्कीलाई कला साहित्य सम्मानद्धारा सम्मानीत गरिने भएको छ । महोत्सवको अन्तिम दिन कार्यशालामा सहभागीहरुका उत्कृष्ट कलाको प्रर्दशनी समेत रहेको रंगकर्मी एवं नाटक कार्यशालाका संयोजक जीवन बरालले बताउनु भयोे ।
महोत्सव पथरी शनिश्चरे नगरपालीकाको आर्थीक सहयोगमा वैशाख ३० गतेसम्म संचालन हुने छ । पथरी बहुमुखी क्याम्पसको प्राङगणमा भएको कार्यक्रममा विभिन्न जातजातीको सास्कृती झल्कने झाकी प्रस्तुत गरिएको थियो ।