दशै मौलिक या जबरजस्ती लादेर मान्नु परेको हो ; मन्जुल याक्थुम्बा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, असार ०३, २०८१

दशै मौलिक या जबरजस्ती लादेर मान्नु परेको हो ; मन्जुल याक्थुम्बा

कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेश भरि चाहिँ ९साँगापूर्व, मेची पश्चिमी शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्रयाइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर दही चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन भने यस चाडको उत्पति भएको देश भारत चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्यगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ । जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिंदा जनमानसमा भरपर्दो विश्वास हुन्छ । अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवं धार्मिक तथ्यले प्रष्ट पारेको छ ।

१. ऐतिहासिक तथ्य
क. श्री ५ रणबहादुर शाह र ५२ सुब्बाहरूः
तत्कालीन पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमाना नजिक परेकोले विदशी सेनाहरूबाट बारंबार आक्रमण भइरहन्थ्यो । पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाण्डौ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे । यङहाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राज रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दूक, कर्नाल, शङख, डमरु, नरसिङगा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बली पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकोले ती ५२ सुब्बाहरू काठमाण्डौबाट फर्केपछि दसैँमा याङगुरूपको टुँडीखेलमा यङहाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए । तर, २०२३ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एक पक्षीय रूपले हनन भएको महसुस गरी लिम्बुवान क्षेत्रमा दसैँ मन्नुको औचित्य समाप्त भयो ।

ख. श्री ५ रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकुण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको माता सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्क बाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १८५१ साल मिति बैशाख सुदी ६ रोज शुभम ।
यस लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु। ५ साउन्या फागु समेत राजअङ्क राजकीय कर नयाँ कर प्रणाली थपिनुले ९किरातहरू० लिम्बूहरू शाहीवंशी राजतन्त्र अगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ । दसैँमा सुब्बापिच्छे रु। ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रबेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ । राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझिया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटीया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षिको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए । उनीहरूले दसैँमा आ–आफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए । वि। सं। १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई र तिनीहरूबाट बेठी बेगार ९रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम० सिसार ९टाउको वा फिलो० आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः– गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल ९चामल० माना एकका हिसाबले ९अमालीलाई० तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बुवानका सुब्बाहरूले आ–आफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भांडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ ।

ग० श्री ५ राजेन्द्र विक्रम शाह र दसैँया राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्य
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरुण पूर्व मेची पश्चिम भर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा टण्टा लागेको थिएन । ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी टण्टा लगाउँदा ६२ सालदेखि टण्टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रँे थिति चलाइ बक्स्या हामी ्हरू खुशी छौँ भनी काजी नरसिंह थापा मार्फत हाम्रा हजुरमा जाहेर भयो । तसर्थ अब उप्रान्त अघिदेखि थुम थुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम ।
वि। सं। १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बली दिई पूजा गरेमा पनि हुनेमा वि। सं। १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने टण्टा लगाएको कुरा श्री ५ राजेन्द्र विक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झण्झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो ।

घ० लिम्बुवानमा तिलिंगा आतङक
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथा कथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भने ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो । यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका ९खटाइएका० तिलिंगाहरूले ९सिपाहीहरूले० राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरंजित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ मााने नमानेको प्रमाणित गर्नु पथ्र्यो । यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक दण्ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो । अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझै पनि देखिन्छ । त्यसताका ती तिलिङ्गाहरूको आतंक सम्झेर लिम्बुवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन् ।

ङ० दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भए
किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिंदै जाने सिलसिलामा श्री ३ जंगबहादुरको शासनकालमा धनकुटाको पालो आयो । त्यसताका छथर थुम धनकुटामा आठपहरियाहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ २ साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे ।यो कुरा जंगबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाईदिई दसैँ मान्न वाध्य गराए । तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो । हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन । त्यहाँका आठपहरिया किरातहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली ९म्याक्सी जस्तो० लगाउन अझैपनि छोडेका छैनन् । मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्रयाम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन् । यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो । साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरातहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न भएका छन् । धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात बन्धुहरू यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन ।

२। धार्मिक तथ्य
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैँ किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो । इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्ममा कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन् । किनभने प्रत्येक धर्मावलम्बीले आ–आफ्नो धर्मको महानतामा गर्व गर्छन् र आ–आफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन् । नेपालmमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा अपरिचित ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ । अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ ।

क० मुन्धुममा राम र रावणको कथा छैन
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ । हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ ।

ख० मुन्धुममा नव दुर्गा र महिसासुरको कथा छैन
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिसासुरको युद्धमा महिसासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ । तर त्यस्तो कथा र नवदुर्गा महिसासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ ।

ग ९मुन्धुममा० दसैँ शब्दै छैन
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन । त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ । यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शंकै छैन । यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवं धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदा हुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुलली होमिए झैँ हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ माात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न । विवसता र वाध्यताबस् बलात भिराइएको दसैँरूपी जुवालाई फ्रयाँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने ? यस प्रसंगमा यी दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ– यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको ९वर्ण विभाजन भित्रको० सबैभन्दा हेय र तुच्छ शुद्रवर्णमा स्वतः गणना हुने हुन्छन् । किन कि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्यभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शुद्रमै गणना गरिएको प्रमाण खडा छ । यसैले अबका जनजाति, आदिबासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, साँस्कृतिक दासत्व एवं जातीय हीनताको प्रमाण पत्र स्वरूप दसैँमा “विजया टिकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आश्थाको कुरा हो । उनीहरू दसैँमा टिका नलगाउन स्वतन्त्र छन् । उनीहरूको यस्तो आचरणमा अरुले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिंदैन । उनीहरू हिन्दू बनेर “शुद्र वर्गमा” नै रहि अझै ब्राम्हणपुजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट राखिनु दुरासय पनि हुन्न ।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ । तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरुलाई बलात लाद्ने अधिकार कसैलाई छैन । आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ । दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौ तर दसैँ हामीमा बलात लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुंदै होईन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ । अतः ऐतिहासिक एवं धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिबासी किरातहरूको थिदैथिएन, हुदैहोईन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाती, आदिबासी बन्धुहरूले बुझि दिनु पर्यो, मनन् गरी दिनु पर्यो, प्रत्येक जनजाती, आदिबासीको घरदैलोमा सन्देश दिनु पर्यो ।

तान्छोप्पा मासिक

सम्बन्धित खवर