साइनो समाचारदाता
मकवानपुर । आइतबार बसेको नेपाली कांग्रेस प्रदेश(३ को संसदीय दलको बैठकले तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

लामो समयदेखि प्रदेशसभाको बैठक सञ्चालन नहुँदा जनताका समस्या र प्रदेशका कानुन निर्माणमा समेत असर परिरहेकाले अधिबेशन गर्न माग गरेका हुन् । कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंग्याउन माग पनि गरेको छ। कांग्रेस प्रदेश३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकले स्थायी राजधानी र नाको टुंगो तत्काल लगाउन प्रदेश ३ सरकारको ध्यानाकर्षण गराएको हो । काठमाडौंमा भएको बैठकले हालै भएको उपनिर्वाचनबाट प्रदेश ३ सभा सदस्यमा भक्तपुरक्षेत्र नम्बर १ को ’क’ बाट निर्वा्चित कृष्णलाल भडेललाई स्वागत तथा सम्मान गरेको छ ।
















