साइनो समाचारदाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एक सातादेखि जारी स्थायी कमिटीको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारेमा निर्णन लिन सकेन ।
आइतवार सकिएको, धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटिको बैठकले एमसिसी निर्णन गर्न सचिबालयलाई जिम्मा दिने निर्णय पारित गरेको छ । अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ भने, ‘एमसीसीलाई इन्डो प्यासिफिकको अंग नभएको अमेरिकाले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ ।’

















