कस्तो अचम्म, स्कुलमा दिउसै निस्कीयो भुत, आत्माले सताए पछि रात भरि चिन्ता (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कस्तो अचम्म, स्कुलमा दिउसै निस्कीयो भुत, आत्माले सताए पछि रात भरि चिन्ता (भिडियो सहित)

साइनो समाचारदाता बेलवारी/ मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र रातो बस्त्र ओढेको भुत जस्तो आकृतीको महिला देखिने र कक्षा ४ देखी ६ सम्मका बिध्यार्थीहरुलाई सताउने गरेकाले स्कुलमा चिन्ता राखेको हो ।

बिध्यार्थीमा त्यस्तो समस्या आए पछि अविभावकको सुझाव अनुसार विद्यालय प्रशासनले शनिवार साझ लक्ष्मीमार्गका धामी मणी राईलाई विद्यालय परिसरमा लगेर चिन्ता वसायो । धामीले जोखना हेरेर विद्यालय परिसरमा आत्मा प्रवेश गरेको निरक्यौल गरे । “धामीले शनिवार साझ चिन्ता वसेर जोखना हेरे, झारफुक गरे र आत्मालाई मन्छाएर पछि आइतवारबाट बिध्यालय संचालन भएको छ ।

कक्षा ५÷६ मा अध्यान्रत विद्यार्थीहरुका अनुसार शौचालय पुग्ने वित्तिकै रातो र सेतो पहिरन लगाएकी महिला शरिर भरि चोटै चोट भएको आकृति देखिने र त्यो आकृतिले आफुलाई कुटपिट गर्ने, मार्छु भनेर गाली गर्ने र कुतकुती लगाउने गरेको बताउछन । उनिहरुले भने त्यस पछि आफुलाई केहि थाहा नहुने बेहोस हुने गरेको बताईन ।

मंसिर १० गते मंगलबार एक छात्रा बिध्यार्थी सौचालय गएर आए पछि रुने कराउने गर्न थालेकी थिन । कक्षा ४ देखि ६ सम्मका १०÷११ जना बिध्यार्थी सौचालय गएर आए पछि ट्वाइलेटमा रातो सेतो साडी लगाएको अदृष्य आत्माले हात खुट्टा तान्ने गर्यो भन्दै लड्ने घर जान नमान्ने एकोहोरो हुने, रुने, कराउने, हास्ने र चिच्याउने गरेको शिक्षिका डिका नेपाल बताउछिन ।

३ दिन सम्म लगातार दर्जनै छात्रा बिध्यार्थीमा मुर्छा पर्ने, हातखुट्टा चिसो हुने, लल्याकलुलुक हुने, रुने, कराउने, हास्ने समस्या देखा परेको स्थानिय निर्मल श्रेष्ट बताउछन । उनले भने “कहि कतै नदेखेको यो २१ औं सताब्धी बिज्ञानको युगमा भुत प्रेतमा बिश्वास हुन्न भन्छन तर आखै अगाडी यस्तो भयो चिन्ता राखे पछि सहज भएको छ रुढिबादि भनेर कसरी नमान्ने” ?

शिक्षक शिक्षिकाले बिध्यार्थीहरुमा यस्तो समस्या आए पछि अभिभावक बोलाएर बिध्यार्थी जिम्मा त लगाए तर भोलि पल्ट पनि स्कुलमा अगिल्लो दिन जस्तो छात्रा बिध्यार्थी बिरामी भए । बिध्यालय ब्यावस्थापन समितीको सल्लाह अनुसार बिहिबार बिध्यालय हाफ छुटि गरि चिन्ता राख्ने सहमती भयो । सोहि अनुरुप शनिवार रातभरी स्कुलमा धामी आएर चिन्ता बस्यो । सामाजिक संस्कार अनुसार धामीले आत्मालाई स्कुलको क्षेत्रबाट बाहिर निकालेको बिध्यालयका प्रधानाध्यापक तीर्थ राईले बताउछन । प्रधानाध्यापक राईले भने धामी (बिजुवा) को अनुसार केहि समय अघि उक्त क्षेत्रमा कसैको मृत्यू भई आत्मा भड्केकाले यस्तो दुख देको हो ३ बर्ष सम्म ३ चोटि चिन्ता बसे पछि उक्त समस्या समाधान हुने धामीले बताएको राई बताए ।

बिध्यार्थीमा समस्या देखापरे पछि २ दिन स्कुल बिदा भयो । शनिवार राति विद्यालयमा धामी वसाएर जोखना हेरी आत्मालाई स्कुल क्षेत्रबाट निकाली आइतबार देखि पुर्न स्कुल संचालन भएको छ । चिन्ता राखे पछि आइतबार स्कुलमा कुनै पनि त्यस्ता समस्या नआएको स्थानिय प्रदिप मगरको भनाई छ ।

कक्षा ४, ५ र ६ मा अध्ययन गर्ने छात्रालाई शौचालय गएर कक्षा कोठामा फर्के लगत्तै त्यस्तो लक्षण देखापर्ने गरेको थियो । लगातार तिन दिनसम्म बिध्यार्थीमा अनौठो प्रबिधी देखा परे पछि ३ दिन विद्यालयको पठन पाठन नै प्रभावित बन्यो । उक्त चिन्ता बसेको कुरा ३ दिन पछि थाहा पाएको बेलबारी नगरपालिकाले स्कुलको अनुगमन गरि उक्त कार्य गलत भएको बताएको छ । अनुगमन टोलिले प्रसासनलाई यस्तो गलत कार्य नगर्न निदेशन समेत गरेको छ ।

सम्बन्धित खवर