धरानः समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्बोले धरानमा प्राबिधिकले एयरपोर्ट बन्न सक्दैन भनेकाले सस्तोमा किनिएको जग्गा फिर्ता गर्नुपर्ने बताएका छन् ।

वडा ८ को घरदैलो अभियानको क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिर्दै उनले प्राविधिकले एयरपोर्टको लागि भेडेटारको पहाडको कारण हवाई जहाज ल्याण्ड गर्न असर पर्छ भन्ने कुरा आएको बताउँदै आफूले पनि त्यही कुरा लागेको बताउँदै भने ‘यदि एयरपोर्ट नबन्ने हो भने सम्झौता अनुसार सस्तोमा किनिएको जग्गा सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्नुपर्छ ।’ धरानमा अर्को समस्या बसपार्क भएको बताउँदै हाल सुन्दर बस्तिमा बन्न लागेको बसपार्कको जग्गा ल्याण्डपुलको ब्यबस्थाका लागि लिइएको हो । उक्त ल्याण्डपुलका टेबलको वरिपरि धरान उपमहानगरपालिकाको कर्मचारीले जाग्गा मिलाएर राखिएको बताए । ल्यान्डपुलिङको स्थानिय बासिन्दाको जग्गामा धरान उपमहानगरको कर्मचारीले जग्गा राखेपछि विवाद भएको बताउँदै उम्मेदवार इस्बोले भने ‘बसपार्क वरिपरी कर्मचारी राजनीतिक ब्यक्तिले राखेको जग्गा सर्वदलीय सर्वपक्षीय रुपमा फिर्ता गरेमा मात्र बसपार्क बन्न सक्छ अन्यथा बसपार्क बन्न सक्दैन ।’ धरानमा एयरपोर्ट बनाउन भनि २०६० साल चैत १० गते तत्कालिन धरान मेयर कुमारबहादुर कार्कीको कार्यकालमा एयरपोर्टका लागि धरान १७ मा रहेको जग्गा यति इन्कर्पोरेटलाई खरिद गर्न पहल गरेका थिए । सम्झौता अनुसार सो जग्गा क र ख श्रेणीमा बिभाजन गरि क श्रेणीको जग्गा २८ हजार प्रति कठ्ठा र ख श्रेणिको जग्गा ३२ हजार प्रती कठठामा खरिद बिक्रि गर्ने जग्गा धनी सहितको मन्जुरी भएको थियो । एयरपोर्टको उक्त जग्गा खरिद विक्री गर्दा सम्झौता माइन्युटको विविधको (क) मा हाल बिक्री गर्नेहरुले कारणबस योजना असफल भएको खन्डमा साबिक बिक्री भएकै मुल्यमा स्वतह खरिद गर्न पाउने गरिएको छ । तर लगभग धरानमा एयरपोर्ट नबन्ने निश्चित भैसक्दा पनि सम्झौता अनुसार जग्गा धनीले जग्गा फिर्ता पाएका छैनन् ।-mornint times
















