मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रालय हेरफेरबारे पार्टीभित्र सल्लाह भएको छैनः उपाध्यक्ष चेम्जोङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रालय हेरफेरबारे पार्टीभित्र सल्लाह भएको छैनः उपाध्यक्ष चेम्जोङ

साइनो समाचारदाता

काठमाडौं । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले मन्तृपरिषद् पुनर्गठन र मन्त्रालय हेरफेर बारे आफ्नो पार्टीसँग सल्लाह नभएको जानकारी दिएका छन् । उनले भने ‘राजनीतिक रूपमा सत्ता साझेदार दलसँग छलफल नहुनु गलत हो ।’

समाजवादी पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट सारेर कानून मन्त्रालयको जिम्मेवारी तोकेको बारे पार्टीभत्र असन्तुष्टि व्यक्त भैरहेको बेला नेता चेम्जोङले भने आफ्नो पार्टी संविधान संशोधनको मुद्दा लिएर मन्त्री मण्डलमा सहभागी भएको जिकिर गरेका छन् । पूर्व मन्त्री समेत रहेका चेम्जोङले दिगो विकासका लागि आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, थारु लगायत उत्पीडित समुदायहरुको अपनत्व संविधानमा हुनैपर्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको समाजवादी सत्ता साझेदार दल हो । पाटीका प्रभावशाली नेता चेम्जोङले संविधान संशोधन प्रस्तावबारे प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा माग्ने भएको बताए । संविधान संशोधन बारे प्रधानमन्त्री ओलीको आधिकारिक जवाफपछि सत्तामा रहिरहने वा बाहिरिने विषय टुङ्गो लाग्ने उनको भनाई छ । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्युसँग संविधान संशोधन बारे सोध्छौं ।’

शुक्रबार बिहान वाणी रेडियो नेट्वर्कबाट प्रसारण हुने वाणी वहस कार्यक्रममा धारणा राख्दै नेता चेम्जोङले सो कुरा राखेका हुन् ।

सम्बन्धित खवर