फाल्गुनन्दको दर्शन विश्वभर प्रचारप्रसार गर्नुपर्छः अध्यक्ष इधिङ्गो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

फाल्गुनन्दको दर्शन विश्वभर प्रचारप्रसार गर्नुपर्छः अध्यक्ष इधिङ्गो

साइनो समचारदाता

इलाम । राष्ट्रिय विभुति एवम् समाज सुधारक फाल्गुनन्द लिङ्देनको दर्शनलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताएका छन् । इधिङगोले सो कुरा राष्ट्रिय विभूति, किरात धर्म दर्शन दाता, समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती कार्यक्रममा बताएको हो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ भञ्ज्याङमा अवस्थित फाल्गुनन्द प्रतिमामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि इधिङ्गोले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मभूमि समेत रहेको माङसेबुङ समृद्ध भए देशनै समृद्ध हुने बताए । कार्यक्रममा अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका सदस्यहरु पूर्ण बहादुर कार्कीढोली, मदन इङनाम, देउकुमार आङदेम्बे, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष दुधबहादुर लाओती, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, गुरु निजी आश्रम कृषि समिति अध्यक्ष टिकाराम केरुङ, सचिव उदयविक्रम तुम्बापो रहेका थिए ।

कार्यक्रममा युवा बुद्धिजीवी धिरेन्द्र आङदेम्बे, माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेम, थामेन्दिङमा पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, आर्थिक व्यवस्थापन समिति अध्यक्ष देउमान आङबुहाङ, संघका उपाध्यक्ष दुधबहादुर लाओती, माङगेन्ना समितिका सदस्य पूर्णबहादुर कार्कीढोली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भञ्ज्याङ टोल विकास समितिको अध्यक्ष बालहाङ सेर्माले धन्यवाद मन्तव्य राखेको कार्यक्रमलाई मनकुमार आङबुहाङले सञ्चालन गरेको थियो भने माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैतराज राईको अध्यक्षतामा सम्पन्न भएको थियोे । जन्मजयन्ती सफल पार्न यस वर्ष पहिलोपटक इलामको माङसेबुङ गाउँपालिकाबाट रु २५ हजार रुपैयाँ विनियोजन गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर