साइनो समचारदाता
पथरी । किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्तीको अवसरमा १९ स्थानीय सरकारले आज सोमबार ( कात्तिक २५ गते) सार्वजनिक विदा दिइएको छ ।

मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, झापाको गौरादह नगरपालिका, बुद्ध शान्ति गाउँपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकाले बिदा दिने निर्णय गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका, याङ्वारक पाथिभरा गाउँपालिका र सिदिङबा गाउँपालिका, पान्थरको मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका, फाक्फोक थुम गाउँपालिका र माई नगरपालिकाले पनि विदा दिएको छ । किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र लिम्बुले ८ नगरपालिका र ११ गाउपालिकाले विदा दिएको लेखेका छन् ।

















