उप निर्वाचनः काँग्रेसी फाल्गुनन्द गाउँपालिकाका उम्मेदवार आङ्देम्बे विजयी बन्लान् त? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

उप निर्वाचनः काँग्रेसी फाल्गुनन्द गाउँपालिकाका उम्मेदवार आङ्देम्बे विजयी बन्लान् त?

साइनो समचारदाता

पान्थर । प्रदेश १ को पूर्वी जिल्ला पान्थर यतिबेला चुनाबी रौनकता बढ्दो छ । जिल्लाको फाल्गनन्द गाउँपालिकाको अध्यक्ष पदमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरुलाई भ्याइनभ्याई छ । ती दल मध्ये दोस्रो ठूलो दल, पालिकाको पहिलो ठूलो दल नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बृजहाङ नेम्बाङले के चुनाब जित्ला ? पालिका अध्यक्ष अमरकुमार नेम्वाङले रुख चिन्हबाट चुनाब जिते झै कांग्रेस वा नेम्बाङले विजयीको झण्डा फरफराउला ? प्रश्न यतिखेर चर्चामा छ ।

गत स्थानीय निर्वाचनमा १४ हजार ७ सय आठ मतदाता मध्ये अमरकुमार नेम्बाङले ४ हजार १ सय ६३ मतले अध्यक्षमा निर्वाचित भएका थिए । सो चुनाबमा कांग्रेसले उपाध्यक्षमा देवित्रा कुमारी आङ्देम्बेसहित बहुमत २ वडा बाहेक सबै वडामा विजयी हासिल गरेको थियो । वडा नम्बर १ मा होमप्रसाद आङ्देम्बे, वडा नम्बर ३ मा सुखवीर नेम्बाङ, वडा नम्बर ५ मा अविन्द्र प्रसाद चेम्जोङ, वडा नम्बर ६ मा नारायण प्रसाद आङ्देम्बे र वडा नम्बर ७ मा लिला बल्लब नेपालले सानदार चुनाब जितेको थियो भने एमालेबाट वडा नम्बर ४ मा मनबहादुर चेम्जोङ, नेकपा मालेबाट वडा नम्बर २ मा बहादुर सिंह नेम्बाङले चुनाब आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

पालिकाको वडा नम्बर ७ पिपलबोटेमा परिवारको माहिलो छोराको रुपमा आङ्देम्बेको जन्म २०२९ सालमा भएको हो । आङ्देम्बे विद्यार्थीकालदेखि नै काँग्रेसको राजनीतिमा सक्रिय थिए । आङसराङको जयनारायण माविबाट एसएलसी उत्तीर्ण गरेका आङ्देम्बेले दमक क्याम्पसबाट राजनीति शास्त्र बिषयमा आईए सम्मको अध्ययन गरेका छन् । २०५१ सालमा उनी नेपाल विद्यार्थी संघबाट दमक–पाँचथर सम्पर्क समितिको संयोजक भएर काम गरे । २०५१ सालमा क्रियाशिल सदस्य बनेका आङ्देम्बेले नेवि संघ र तरुण दल पाँचथरको उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् । काँग्रेसको १२ औँ अधिबेशनदेखि उनी पार्टीको जिल्ला राजनीतिमा उदाएका हुन् । १२ औँ अधिबेशनबाट जिल्ला सदस्यमा निर्वाचित बनेका आङ्देम्बेलाई मनोनित गरेर सह–सचिव बनाइएको थियो । १३ औँ अधिबेशनमा पनि जिल्ला सदस्य निर्वाचित बनेका आङ्देम्बेलाई सचिवमा मनोनित गरिएको हो । नरम र मिलनसार स्वभावका आङ्देम्बे कांग्रेसी माझ प्रिय छन् ।

सम्बन्धित खवर