साइनो समचारदाता
पान्थर । उप निर्वाचनको मिति नजिकिदै गर्दा पान्थर जिल्लामा सरगर्मी बढेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका र फिदिम १ र हिलिहाङ ७ मा उप निर्वाचन हुदैछ । १४ मंसिर हुने निर्वाचनमा प्रमुख दलहरुले उम्मेदवारी तय गरिसकेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि ५ वटा दलले उम्मेदवारी तय गरेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट बीरबहादुर कुरुम्बाङ, नेपाली काग्रेसबाट सचिव बृजहाङ आङदेम्ब, समाजबादी पाटीबाट बिमला आङदेम्बे नेम्बाङ, राप्रपाबाट सुजन चेम्जोङ (सुमन) र संघीय लोकतान्त्रिक मञ्चबाट जितेन चेम्जोङ उठ्ने भएका छन् ।
जिल्लाको मुकामसमेत रहेको फिदिम नगरपालिकाको वडा न १ को वडा अध्यक्षका लागि नेपाल कम्युनिष्ट पाटी (नेकपा )बाट गजाधर भट्टराई, नेपाली काग्रेसबाट शुभराज थापा, राप्रपाबाट निलम गिरी र समाजबादी पाटीबाट गौरब लामालगायत चुनाबी मैदानमा उत्रेका छन् । फिदिमकै छिमेकी पालिका हिलीहाङ ६ मा नेपाल कम्युनिष्ट पाटी (नेकपा)बाट गेहनाथ रिजाल, नेपाली काग्रेसका तिलबिक्रम इधिङ्गो, समाजबादी पाटीबाट भवानी तावा वडा अध्यक्षमा भिडड्दैछन् ।

















