सिन्धुपाल्चोक । चालक धनबहादुर तामाङले चलाएको बस सुनकोसी नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ ।
दोलखाको मागा देउरालीबाट काठमाडौं जादै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो नदीमा खसेको हो । दुर्घटनाबाट उदार गरिएका ४६ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइतेमध्ये अन्य छ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई खाडीचौर अस्पतालबाट धुलिखेल नै लगिएको छ । खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल ल्याइएको हो । घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । घटनको विस्तृत विवरण आउन बाकी छ ।

















