डाँगिहाट गोल्ड कप व्वाईन युनियन फाईनल प्रबेश    - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

डाँगिहाट गोल्ड कप व्वाईन युनियन फाईनल प्रबेश   

साइनो समचारदाता पथरी / मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताका बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा चर्च व्वाईज युनाईटेड काठमाण्डौलाई ४–० गोल अन्तरले हराउँदै व्वाईन युनियन काठमाण्डौ फाईनलमा पुगेको छ ।


खेलको पहिलो हाफको २४औँ मिनेटमा चर्च व्वाईजका विकास थुलूङ राईले आत्माघाती गोल गर्दा व्वाईज युनियनको खाता खुलेको थियो । पहिलो हाफ प्रतिस्पर्धात्मकै रहेता पनि दोस्रो हाफ भने व्वाईज युनियनले चर्च व्वाईजलाई एकतर्फी दवावमा राखेको थियो । दोस्रो हाफको ६८औँ मिनेटमा व्वाईज युनियनका विटु तामाङले फो फाहा(बिदेशी खेलाडी)को पासको गोल गर्दै टिमलाई बलियो बनाए । ७३औँ मिनेटमा व्वाईज युनियनका मेसुके( बिदेशी खेलाडी)ले वान भर्षेस वान गोल गर्दै टिमलाई अझ बलियो बनाए । त्यसको लगत्तै ७७औँ मिनेटमा पुन व्वाईज युनियनकै मेसुके( बिदेशी खेलाडी)ले वान भर्षेस वान गोल गर्दै आफ्नो टिमलाई विजयी गराउन सफ बन्यो । चर्च व्वाईजले सान्तवना गोल समेत फर्काउन सकेन ।

खेलको ४२औँ मिनेटमा चर्च व्वाईजका सुनिल खड्काको उत्कृष्ट प्रहार असफल बन्यो । ५३औँ मिनेटमा चर्च व्वाईजका मिलन राईको फ्रि किक असफल बन्यो । त्यसैगरी ५६औ मिनेटमा व्वाईज युनियका तपन कार्कीको उत्कृष्ट प्रहार गोल रक्षकको पन्जामा पर्यो । ७७औँ मिनेटमा चर्च व्वाईजका कैलाश बस्नेतको प्रहार बाहिरीयो । खेलको म्यान अफ द म्याच व्वाईज युनियनका तम्पी ईभेन(विदेशी खेलाडी) घोषित भए । उनले नगद ५ हजार रुपैया पाए । शुक्रवार दोस्रो सेमिफाईनल खेल आयोजक डाँगीहाट फुटवल क्लव(रातो) र धरान फुटवल क्लव सुनसरी बिच हुने छ ।

सम्बन्धित खवर