सबैले चाहे जस्तो नामाङ्कन हुदैनः मन्त्री आङ्बो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सबैले चाहे जस्तो नामाङ्कन हुदैनः मन्त्री आङ्बो

मन्त्री आङ्बो महाधिबेशन उद्घाटन गर्ने क्रममा । आङ्बोले ९ वटा क्यान्डेल र च्याब्रुङ् बजाएर उद्घाट्न गरेका थिए ।

साइनो समचारदाता

ताप्लेजुङ । प्रदेश १ को नामाङ्कन थाती रहेको बेला आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले प्रदेशको नामाङ्कन सबै जातिले चाहे जस्तो नहुने बताएका छन् ।

मन्त्री आङ्बोलाई मायाको चिनो प्रदान गर्दै मञ्चका अध्यक्ष फिपराज बेघा ।

लिम्बु विद्यार्थी मञ्चको नबौं राष्ट्रिय महाधिबेशनको अवसरमा बोल्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् । संविधान परिवर्तनशील रहेकाले सबैले सर्वस्वीकार्य संविधान संशोधन गर्न सरकार तयार रहेको मन्त्री आङ्बोको भनाई छ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘संविधान संशोधन ख्याल ठट्ठा होइन । सबैले सर्व स्वीकार्य संविधान संशोधन गर्न गर्न सरकार तयार छ ।’ उनले संविधान कुनै बेद नभएको जनाए । संविधान कसैले सित्तैमा दिएको पुरस्कार नभएकाले असमझदारी हल गर्ने पक्षमा सत्तारुढ रहेको बताए । उनले लिम्बुवान आन्दोलन भावनात्मक रुपले अगाडि बढिरहेको बताउँदै धारा २७४ संशोधन विना लिम्बुवान प्रदेश सम्भब नहुने बताए । ‘लिम्बुवान भावनात्मकरुपले अगाडि बढिरहेको छ ।’ उनले भने, ‘२७४ धारा संशोधन विना लिम्बुवान सम्भब छैन ।’ नेकपाले दुई तिहाई हात पार्नु कुनै अपराध नभएको उनले बताए । उनले संविधान बारे दलभित्र र वाहिर छलफल भैरहेको जानकारी गराए । पृथ्वी नारायण शाहको एकीकरण पछि लिम्बुवानको कुरा उठिरहेको बताए । ‘सगरमाथा’, ‘कोशी’ को चर्चा उठेको बताउँदै उनले भने, ‘प्रदेशको नामाङ्कनमा सगरमाथा, कोशी नाम चर्चामा उठेको छ । त्यो नाम राख्ने भए दुईतीन महिनामा हुन्थ्यो ।’ एक नम्बर प्रदेशको नाम राख्दा केहि न केहि ऐतिहासिक नाम राख्ने प्रयत्न भइरहेको मन्त्री आङ्बोको बताएका छन् ।

नबौ राष्ट्रिय महाधिबेशनको सहभागी ।

लोक सेवा आयोगको विज्ञापन, त्रुटिपूर्ण रहेको तर न्याय क्षेत्रको फैसला मान्नुपर्ने बताए । ‘प्रदेश लोक सेवा पूर्ण समानुपातिक समावेशी हुन्छ ।’ उनले दाबी गरेका छन्, ‘यदि भएन भने कोट फालेर वाहिरी स्थानीय तहले सरकारी कामकाजीको भाषा बनाउन नसक्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले कामकाजीको भाषा बनाउन प्रदेश सरकारलाई अधिकार रहेको अवगत गराए । लिम्बु विद्यार्थी मञ्चले उठाएको किरात सिरिजङ्गा लिपिलाई सरकारी कामकाजीको भाषा बनाउने मुद्दामा दृढ भएर लाग्ने आश्वासन दिएका छन् ।

नबौ राष्ट्रिय महाधिबेशनको उद्घाटन अघि निकालिएको र्याली ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष याम लिम्बु, प्रदेश सभा सदस्यद्वय प्रकाशप्रताप हाङ्गाम, विष्णुमाया तुम्बाहाम्फे, जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन, मञ्चका संस्थापक सचिब भक्त एङ्देन, निवर्तमान अध्यक्ष आङ्बुहाङ अबोध अविरललगायतले सम्बोधन गरेका थिए ।

सम्मानीत साहित्यकार लछारी शेर्मा पापो सम्मान पत्र ग्रहण गर्ने क्रममा ।

महाधिबेशनमा ५ जनालाई सम्मान गरिएको छ । माङ्सेबुङ वडा कार्यालय(माङ्सेबुङ–५, इलाम), फाल्गुनन्द सेकेन्डरी बोडिङ स्कुल (माङ्सेबुङ), लछारी शेर्मा पापो, सुशिल शेर्मा र प्रबिना पन्धाकलाई तामापत्रले सम्मानीत भएका हुन् । त्यस्तै लिम्बू विद्यार्थी मंच इलाम शाखा देशकै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ ।

लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङ उत्कृष्ट लिवि अभियान प्रमाणपत्र ग्रहण गर्दै ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले इलाम शाखाका अध्यक्ष अतित योङहाङलाई उत्कृष्ठ शाखको सम्मानपत्र हस्तान्त्ररण गरे । इलाम शाखा देशभरका शाखामध्ये उत्कृष्ठ शाखाको रुपमा स्थापित भएको हो । लिम्बु विद्यार्थी मंचको मुख्य अभियान ‘लिवि अभियान’ लाई सफल बनाउन संगठनलाई चलायमान गराउनका साथ विधानअनुसार शाखा संचालन भएको भन्दै इलाम शाखालाई सम्मान गरेको हो । लिवि मंच इलामले नियमित रुपमा भाषा, लिपि संस्कार, भेषभूषा, इतिहासको संरक्षण सम्वर्द्धनका लागि विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । केःलाङ(च्याब्रुङ नाच), पाःलाम, हाक्पारेलगायत सास्कृतिक कार्यक्रम पनि भएको थियो ।

नबौ राष्ट्रिय महाधिबेशनको उद्घाटन अघि निकालिएको र्याली ।

उद्घाटन सत्रअघि मातृभाषामा शिक्षक दरबन्दी सिर्जना गर, मातृभाषामा शिक्षा लागू गर, लिम्बु भाषालाई प्रादेशिक भाषा घोषणालगायत प्लेकार्ड सहित नाराले फुङ्लिङ बजार परिक्रमा गरिएको थियो । महाधिबेशन कात्तिक १२देखि १४ गतेसम्म सम्पन्न भएको थियो ।

केःलाङ प्रस्तुति गर्दै ।

मञ्चको ९ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दिपा लक्सम निर्वा्चित भएकी छन् ।मञ्चले अध्यक्षमा पहिलोपटक महिला नेतृत्व पाएको हो । २७ सदस्यीय समितिको वरिष्ठ उपाध्यमा नितेश सिंघक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र मोहन मावो निर्वा्चित भएका छन् ।

नव निर्वाचित पदाधिकारी तथा सदस्य । तस्वीरहरुः प्रविन सेत्लिङ ‘सेन्दो’

महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयोङ र सागर सरगम चेम्जोङ निर्वा्चित भएका छन् । सचिवमा सेमि तुम्वापो, तारावीर मोरोहाङ, प्रविन सेलिङ, डिल्ली लुङफ्ङवा र कोषाध्यक्षमा मन कुमार योङहाङ रहेका छन् । त्यस्तै सदस्यहरूमा शिवकुमार थेगिम, जुनु खापुङ (सृष्टि), सन्तोषी लिङदेन, सोममाया लिम्बु, संजिव लिम्बु, स्मृती कन्दङवा, रेखा लावती, श्री लिङ्खिम, मेरिता लिम्बु, उपेन्द्र याक्सो, मनु लिम्बु र दिवस लावती सर्व सम्मत् निर्वा्चित भएका छन् । नवनिवार्चित अध्यक्ष दिपा लक्समलाई अध्यक्ष मण्डलका अध्यक्ष किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम योङहाङले सपथ ग्रहण गराएका थिए भने समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाइ निर्वा्चित अध्यक्ष दिपा लक्समले सपथ ग्रहण गराएका थिए । महाधिवेशनमा लिम्बुवानका ९ जिल्ला र उपत्यकासहित १३ जिल्लाका ४ सय भन्दा वढी प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । कार्यक्रम मञ्चका अध्यक्ष फिपराज बेघाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर