लिम्बुवानले चुनावी तालमेल गर्न सक्छ ः उपाध्यक्ष खापुङ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

लिम्बुवानले चुनावी तालमेल गर्न सक्छ ः उपाध्यक्ष खापुङ

साइनो समचारदाता

लन्डन(बेलायत) । सङ्घीय लिम्बुवान मञ्च, (सलिम) नेपालले आगामी मङ्सिर १४ मा हुन गइरहेको उपनिर्वाचनमा पहिचानवादी दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएको छ । पूर्वमा रिक्त रहेका स्थानीय प्रमुखहरूका पदका हुन लागिरहेको चुनावमा पहिचान पक्षधरहरूको विजय सुनिश्चित गर्न पार्टीले मोर्चाबन्दीको सङ्केत गरेको हो ।

संलिमको प्रवास सङ्गठन सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेले बुधबार केन्टमा आयोजना गरेको कार्यकर्ता भेटभाटमा बोल्दै केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर खापुङले आगामी स्थानीय चुनावको तयारी सुरु भइसकेको बताए । उनले पूर्वको धरान उपमहानगरपालिका र फाल्गुनन्द गाउँपालिकाको प्रमुखका लागि पार्टीले उम्मेदवारी घोषणा गरिसकेको जनाए । चुनाव आउन डेढ महिना बाँकी रहेता पनि चुनावी परिणाम सुखद बनाउन सही समयको पर्खाइमा रहेको बताए । ‘एउटै उम्मेदवार खडा गरेर जिताउन घटकहरूबीच राजनीतिक सहमति हुनुपर्छ । हामीले सही दाउ पर्खिरहेका छौँ,’ खापुङले भने, ‘राजनीतिक हिसाबले क्षेत्र बाँडफाँड गरेर तालमेल मिलाउन सकिन्छ ।’ निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर एकमा धरान उपमहानगरपालिकाको प्रमुख र पान्थरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसबाहेक वडा अध्यक्षका लागि पान्थरको फिदिम नपा–१, हिलिहाङ गापा–७, मोरङ घनपालथान गापा–२, सुनसरीको धरान उपमनपा–७, संखुवासभाको खाँदबारी नपा–३, खोटाङको साकेला गापा–३ मा निर्वाचन हुँदैछ ।

यसैगरी, प्रदेशहरूको पुनः सङ्ख्याकरण र नामाकरणको मुद्दा मञ्चले निरन्तर रूपमा उठाइरहने उपाध्यक्ष खापुङले बताए । आफनो पार्टीको अवधारणा ऐतिहासिक पहिचानका आधारमा दश जोड एक प्रदेशहरूको स्थापना रहेको भन्दै संविधान संशोधनका लागि सङ्घर्ष जारी राख्ने बताए । भने, ‘आगामी सङ्घीय र प्रादेशिक निर्वाचनमा पहिचान पक्षधरहरूको बहुमत ल्याएर संविधानका विभेदपूर्ण धाराहरू हटाउने छौँ । अहिलेलाई चुनावको उपयोग गरेर जनमत बटुल्ने लक्ष्य छ ।’ उनले राजनीतिक दर्शन र नेतृत्वकै कारण लिम्बुवान सङ्गठनहरूबीच टुटफुट भइरहेको बताए । यद्यपि लिम्बुवानजन्य शक्ति र अन्य पहिचानवादी दलहरूसँगको एकतामा आफू सकारात्मक रहेको प्रष्ट पारे । सङ्घीय लिम्बुवान मञ्चबाट प्रतिनिधित्व गर्दै हाल प्रदेश नम्बर एकमा विष्णुमाया तुम्बाहाङ्फे सांसद छिन् । उनले प्रदेशको बैठकहरूमा निरन्तर रूपमा प्रदेश नम्बर एकलाई लिम्बुवान नामाकरण गरिनुपर्ने भनेर आवाज उठाइरहेकी छिन् । प्रदेशसभा सत्तारुढ नेकपाकबाट ६७, नेपाली काङ्ग्रेसबाट २१, समाजवादी पार्टी नेपालबाट ३ र राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संलिमबाट एक एक जना सांसदहरू रहेका छन् । एक महिने यूके भ्रमणमा आएका उपाध्यक्ष खापुङ गत २०७३ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सुनसरी क्षेत्र नम्बर एकका उम्मेदवार पनि हुन् । सो क्षेत्रबाट नेकपाबाट जयकुमार राई विजयी भएका छन् । उपनिर्वाचन हुन लागिरहेको धरान उपमहानगरपालिकामा यसअघि पनि नेकपाकै तारा सुब्बा मेयर थिए । उनको गत साल उपचाररत अवस्थामा निधन भएको थियो । तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणपश्चात् नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि वामपन्थीको किल्ला मानिँदै आएको धरान अझ मजुबत बनेको नेकपाका समर्थकहरू विश्वास गर्छन् । यद्यपि, उपाध्यक्ष खापुङले भ्रष्टाचार, आर्थिक अनियमितता र नैतिक अपचलनमा कम्युनिष्ट सत्ता फसेको आरोप लगाउँदै लोकतान्त्रिक र पहिचानवादी शक्तिहरूले उपनिर्वाचनमा नतिजा प्रभावित पार्न सक्ने विश्वास व्यक्त गरे ।

यसैबीच पार्टीको चुनावी अभियानमा सहयोग गर्न प्रवासी सङ्गठनहरू सधैँ जुझारू रहने सङ्घीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष टङ्क खापुङले बताए । उनले पार्टीले घोषणा गरेको चार वर्षीय योजना सफल पार्न विदेशका १३ प्रवास सङ्गठनहरू सक्रिय रहेको जानकारी दिए । आसफोर्डमा भएको कार्यक्रममा मञ्चका महासचिव राम इजम, प्रवक्ता नवराज काम्वाङ, आसफोर्ड नगर उपाध्यक्ष खगेन्द्र तावा, मेडस्टोनका उपाध्यक्ष केशर एभेङलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यसअघि, उपाध्यक्ष खापुङलाई लिम्बुवान नागरिक समाज यूकेका तर्फबाट मिडिया सचिव अमित थेवेले समेत स्वागत सम्मान गरेका थिए ।

सम्बन्धित खवर