दीपेन्द्र लोकगीत भनेपछि हुरुक्कै (यसरी गाउँथे, भिडियोसहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दीपेन्द्र लोकगीत भनेपछि हुरुक्कै (यसरी गाउँथे, भिडियोसहित)

साइनाे समचारदाता काठमाडाै/ दरबार हत्याकाण्डका मुख्य पात्र युवराज दीपेन्द्र शाह बहुप्रतिभाशाली थिए । उनी लोकगीत गाउन खप्पिस थिए । विभिन्न भाकामा गीत गाएर मज्जा लिन्थे । उनी लोक गायक गायिकाहरुसँग बसेरै गाउँथे र गाएको सुन्थे ।

जब दिपेन्द्र लोकगीत गाउन थाल्थे रोकिनै कठिन हुन्थ्यो । उनी भाका हाली हाली जोसका साथ गाउँथे ।पढाईमा समेत अब्बल थिए । पीएचडी गर्ने धोकोका साथ भूगोल अध्ययन गरेका थिए । भूगोल कठिन विषय हो । उनी भूगोलमा एमए गरिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट भूगोलका गोल्ड मेडलिष्ट पनि हुन् । दीपेन्द्र खेलकुदमा पनि अब्बल थिए । उनको मनपर्ने खेल बक्सिङ थियो । आफै बक्सिङ पनि खेल्थे ।

उनमा केही खराब लत पनि थियो । भनिन्छ उनी बेला बेलामा लागूपद्धार्थ सेवन गर्थे । विशेषगरी गाँजा र कहिलेकाहीं चरेश सेवन गर्थे । दरबार हत्याकाण्डमा पनि उनले कालो पद्धार्थ सेवन गरेको भनिएको छ । त्यो कालो पद्धार्थबारे स्पष्ट नभएपनि चरेशको शंका गरिएको छ ।
दरबार हत्याकाण्ड हुँदा उनी २९ वर्षका थिए । विवाहको विषय चलिरहेको थियो ।

राजदरबार हत्याकाण्ड छानविन आयोगकाअनुसार पारिवारिक भोजमा उनैले आफ्ना परिवारहरूको हत्या गरिदिएका हुन् । यो जुन १, २००१ को साँझको कुरा थियो । आयोगले दीपेन्द्रले आफ्ना पिता–माता, भाइ–बहिनीलगायतको हत्या गरी आफूले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेको जनाएको थियो ।

सरकारले गठन गरेको आयोगको आधिकारिक भनाइअनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूलाई आमसंहार गरेका थिए । किनभने उसको विवाहको बारेमा परिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रूस्ट थिए । दिपेन्द्रको चाहना थियो दुलहीको रूपमा देवयानी राणालाई दरबार भित्याउने । देवयानी राणा राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाका छोरी हन् । राणा वेराज इतिहासमा पशुपती शम्शेर राणाहरू ‘ग’ वर्गका राणाहरू हुन् । राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे । ‘क’ श्रेणीका राणाहरूले आफूलाई श्री ३ घोषित गर्दै २००७ साल सम्म नेपालमा आफ्नो शाषन चलाएका थिए । जसलाई हामी १०४ वर्षको राणा शासन भनेर बुझ्दछौं । यी दुई महाराज वंशजहरूको नेपालमा वैवाहिक सम्वन्धको लामो इतिहास छ ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको हत्या गरिदिएका हुन् । उसबखत उनले धेरै मादकपदार्थ पिएका थिए । मृतकहरूमध्ये दिपेन्द्रका बुवा तत्कालीन राजा वीरेन्द्र, आमा, भाइ र बहिनी पनि थिए । भनिन्छ— त्यसपछि दिपेन्द्रले आफ्नै टाउकोमा पेस्तोल पड्काए । दिपेन्द्रले तीन दिनसम्म कोमामा मृत्युसँग सङ्घर्ष गरे । यसै बेला अस्पतालको शैयामै उनलाई राजा घोषित गरिएको थियो । उनको जुन ४ मा मृत्यु भयो । लगत्तै उनका काका युवराज ज्ञानेन्द्र राजा भए ।

हेर्नुहोस् भिडियोः
https://youtu.be/llH6aiS8bp8

सम्बन्धित खवर