साइनो समचारदाता
सर्लाही । ह्स्डिम एकाडेमी कक्षा १० मा अध्ययनरत १६ वर्षीय अनुज गौतम दुई साता अघिदेखि बेपत्ता भएका छन् ।
सर्लाही जिल्लाको इस्वरपुर नगरपालिका वार्ड न ४ सागरनाथ बस्ने गौतम भदौ १९ गतेदेखि घरैबाट बेपत्ता भएका छन् । कालो वर्ण, शरीर अग्लो र पातलो शरिर भएका किशोर अनुजलाई देख्नुहुनेले नजिकको प्रहरी कार्यालय वा फोन 9819830849 ,9814398285, 9819605992 मा सम्पर्क गर्न बुबा बाल गोेपाल गौतमले आग्रह गरेका छन् ।

















