भोलि पथरीमा ‘कथा औशीको’ प्रदर्शन हुदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भोलि पथरीमा ‘कथा औशीको’ प्रदर्शन हुदै

साइनो समचारदाता

पथरी । नेपाली कथानक चलचित्र ‘कथा औशीको’ भोलि (भदौ २३ गते) गोर्खा डिपार्टमेन्ड स्टोर पथरी शनिश्चरे, मोरङमा प्रदर्शन हुने भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको प्रमुख अतित्यमा हुने प्रिमियर शोमा बरिष्ट कलकार÷निर्देशक प्रेम सुब्बा, प्रथम लिम्बु नायिका शोभा खजुम, नब गायिका रचना रिमाल, पब्लिक स्पिगर रमेश प्रसाईलगायत उपस्थिति रहने निर्माम पक्षको भनाई छ । शुक्रबार साइनो खबरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै फिल्मका प्रमुख सहायक निर्देशक तथा कथा लेखक मौसम परिवर्तन याक्थुङबाले प्रदर्शन बारे जानकारी गराएको हो । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको फिल्म दिउसो ११ बजे प्रदर्शन हुदैछ । चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ । मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रमा मंगल सिंह लिम्बु विशाल कार्यकारी निर्माता, किशोर सिंह लिम्बु निर्माता रहेको फिल्मको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् । नेपाली समाजमा औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक याक्थुङ्बाले बताएका छन् । फिल्म करिब २२ लाखको लागतमा निर्माण भएको हो । फिल्मको साता अघि हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर