बेलायती नेपाली युवाहरूको अनलाइन रेडियो उद्घाटन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलायती नेपाली युवाहरूको अनलाइन रेडियो उद्घाटन

साइनो समचारदाता

आसफोर्ड । चर्चित युवा सञ्चारकर्मी विश्वराज लिम्बुले अहिलेको न्यू मिडिया शक्तिशाली रहेको बताएका छन् । सूचना प्रविधिमा आएको क्रान्तिले सामान्य नागरिकहरूको मुद्दा सहजै सम्बोधन भइरहेको उल्लेख गरेका छन् ।

शुक्रबारदेखि महिना दिने बेलायती भ्रमणमा रहेका लोकप्रियत मेरो अनलाइन यूट्युब च्यानलका सञ्चालक लिम्बुले परम्परागत मिडियाभन्दा अहिलेको सामाजिक सञ्जालहरूमार्फत् सूचनामा व्यक्तिको पहुँच बढेको बताए । ‘पछिल्लो डेढ दशकमा आएको न्यू मिडियाको अवधारणाले संसार झन् साँघरिएको छ । सूचनामाथिको पहुँच सबैको हात हातमा भएको छ,’ उनले थपे, ‘संसारको जुनसुकै कुनामा बसे पनि एक अर्काको समस्याबारे अपडेट हुन सकेका छौँ ।’ नागरिक पत्रकारिताको अवधारणाले अहिले जोकोही पनि सञ्चारकर्मीसरह सूचना सम्प्रेषण गर्ने सक्ने हैसियतमा पुगेको बताए ।

शनिबार आसफोर्डमा करिब दर्जन बढी संघसंस्थाहरूको सम्मान ग्रहण गरेका उनले बेलायतको छोटो बसाइँका क्रममा यहाँको नेपाली समुदायको सङ्घर्ष र सफलताको कथाहरू स्वदेश लगेर सुनाउने प्रतिबद्धता व्यक्त गरे । गोर्खा भान्सा घरको अतिथि कक्षमा आयोजित भेटघाट तथा अन्तरक्रियामा सगरमाथा नेप्लिज कम्युनिटी, याक्थुङ चुम्लुङ यूके, कियाचु आसफोर्ड, लिम्बुवान नागरिक समाज यूके, लिम्बु पत्रकार सङ्घ यूके, विश्व नेपाली साहित्य महासङ्घ, सगरमाथा महिला कमिटी, गोर्खा पिस फाउन्डेसन, पाँचथर समाज यूके लगायतका संस्थाहरूले स्वागत सम्मान गरेको कार्यक्रम संयोजक शकुन नेम्वाङले बताइन् ।

बेलायतमा हुर्किरहेका नेपाली समुदायका नयाँ पुस्ताहरूलाई लक्षित गरेर खोलिएको अनलाइन रेडियो ओरिगेमी रेडियोको शनिबार सञ्चारकर्मी विश्वराज लिम्बुले उद्घाटन गरेका छन् । नेपालसँगको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउँदै सबै साँस्कृतिक पक्ष र पुस्तालाई एक ठाउँ ल्याउने सोँचमा ओरिगेमी रेडियो सफल हुन उनले विश्वास समेत व्यक्त गरे ।

 

अनलाइन रेडियोबारे बोल्दै संस्थापक शिशिर याक्थुङ्वाले नेपालको बहुइन्द्रेणी समाजको मानचित्रलाई बेलायती नयाँ पुस्तामा लैजान आफूहरूले मिडियालाई माध्यम बनाएको स्पष्ट पारे । ‘हामी सबै भाषा, सँस्कृति, समाजका कुरा सुन्नेछौँ । सबै पुस्ताका विचारहरूलाई मञ्च दिनेछौँ । अभिव्यक्ति तथा वाक् स्वतन्त्रतामा अहिलेको समाजलाई प्रतिबद्ध बनाउनेछौँ,’ उनले जोडे । यसैगरी, रेडियोका कार्यक्रम संयोजक अमित थेवेले मनोरञ्जनमूलक कार्यक्रमहरूदेखि लिएर गम्भीर विषयवस्तुहरूको उठान गर्न पनि ओरिगेमी रेडियो तत्पर रहने बताए । सो अनलाइन रेडियो बेलायतको आसफोर्डबाट सञ्चालित हुनेछ । रेडियोलाई डब्लूडब्लूडटओरिगेमीरेडियोडटकम मा लगइन गरेर सुन्न सकिनेछ ।

सम्बन्धित खवर