किरात पहिचानको आन्दोलनमा सहयोग रहने गृहमन्त्री बादलको प्रतिबद्धता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

किरात पहिचानको आन्दोलनमा सहयोग रहने गृहमन्त्री बादलको प्रतिबद्धता

अर्जुन जम्नेली राई

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले किरात भूमि पहिचानको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न ।

हिजो किरात राई यायोक्खा केन्द्रिय समितिद्वारा संघीय राजधानी ललितपुरमा आयोजित ३२ औं स्थापना दिवस कार्यक्रममा मन्त्री थापाले सो कुरा बताएका हुन । पछिल्लो पटक जारी संविधान सहमतिको दस्तावेज भएकोले पूर्ण संघीयत, समाबेसिता, पहिचानलाई पुरै स्थापित गर्न नसकिएको बताए । प्राप्त उपलब्धिलाई प्रयोग गर्दै थप उपलब्धिको लागि कृयाशील रहनु पर्ने बताए । राजनीतिक शक्ति सन्तुलनको हिसाबले उत्पीडित समुदायले विजय हाँसिल गर्न नसकेको कारण १ नम्बर प्रदेश सभाले नाम किरात राख्न हम्मे हम्मे भइरहेको बताए । यद्यपि पहिचानको आन्दोलनमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । संघीयता र पहिचान संमृद्दीको लागि भएकोले देशमा रहेका दलाल, तस्करी र भ्रष्टाचारी विरुद्दसमेत यायोक्खा लाग्न गृहमन्त्री थापाको अनुरोध थियो । बिखण्डनकारी विरुद्द राष्ट्रिय एकता र गणतन्त्रको रक्षाको लागि समेत यायोक्खा लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संघीय संसद सुदन किरातीले किरात पहिचान, लोकसेवा आयोगको असवैधानिक कदम विरुद्ध आवश्यक परे सदनमै वलिदान दिन तयार रहेको बताए । प्रदेश १ को सांसद रामकुमार राई (पासाङ)ले प्रदेशको नाम किरात राख्न आफू सदनमा गम्भीर कदम उठाउन पनि पछि नपर्ने बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय कार्यबाहक अध्यक्ष नवीन रोका मगर, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, संघीय सांसद प्रमिला राई लगयतले शुभकामना मन्तब्य राखेका थिए । यायोक्खा अध्यक्ष दिवस राईको सभापतित्वमा महासचिव जनक राईले सन्चालनमा उपाध्यक्ष जीवन हाताचो राईले स्वागतसँगै संस्थाको धारणा राखेका थिए । किरात जाति नभएर भूगोल, ईतिहास, सभ्यता, संस्कृति भएको कारण १ नम्बर प्रदेशको नाम किरात माग गरिएको हाताचोको भनाइ थियो । निवर्तमान अध्यक्ष तिलक राई, सल्लाहकार दुर्गा राई लगाएको उपस्थित रहेको कार्यक्रममा पत्रकार संजय सन्तोषी राई, “किरात इतिहास र संस्कृति“ नामक अनुसन्धानमुलक पुस्तकका लेखक खोटाङको पर्खनबहादुर राई, वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी कृतिलाई नगदसहित सम्मान गरिएको थियो ।

यही बर्ष बिध्यावारिधी गर्ने राई समुदायका डा. सुमाया राई, प्रा.डा. ध्यानेन्द्र बहादुर राई र डा. कृष्णबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राई सम्मानित भएका छन । गायन तथा संगितिक क्षेत्रबाट योगदान पुर्‍याउने राई नवीनलाई नगद सहित सम्मानित भएको कार्यक्रममा विभिन्न विधाका १५ जना विध्यार्थीलाई छात्रा वृती प्रदान भएको थियो ।

सम्बन्धित खवर