साइनो समचारदाता
विर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै शनिबार विहान सार्वजनिक यातायातमा तोडफोड गरेका छन् ।
पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी तोडफोड गरेको प्रहरीले जानकारी दिए । तोडफोडका क्रम बसको अगाडिको सिसा फुटेको छ । लोक सेवा आयोगको विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने, समाबेशी आरक्षण कायम गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेको बताइएको छ ।

















