साइनो समचारदाता
सुनबर्सी । मोरङ्गको सुनवर्षी नगरपालिका वडा ९ मा बन्दै गरेको मकर्ज (मुस्लीम समुदायको प्रार्थना गर्ने स्थान) को सेफ्टिट्याङकीको फर्मा खोल्ने क्रममा चार जनाको ज्यान गएको छ । घटनाप्रति शोक प्रकट गर्दै सुनवर्षी नगरपालिकाले आइतबार (आज) बिदा दिएको छ ।
शनिबार नगरको डायनियाँमा सेफ्टिट्यांकीको फर्मा खोल्न पसेका साथीलाई उद्दार गर्न खोज्दा मृत्यु हुनेमा सुनवर्सी नगरपालिका ९ का ५० बर्षीय मोहम्द कपिल मियाँ, ३० बर्षीय सहनवज आलम, २० बर्षीय वसिक आलम, र २५ बर्षीय फिरोज आलमको मृत्युु भएको प्रहरीले जनाएको छ । २० बर्षीय दाउत मियाँको जिल्ला अस्पताल रगेलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फर्मा खोल्न बासको भर्याङबाट पसेका साथीलाई उद्दार गर्न पसेका चारै जनाको निसास्सिएर मृत्यु भएको हो ।




















