साइनो समचारदाता
चुलाचुली (इलाम) । किरात याक्थुङ चुम्लुङ चुलाचुली गाउँपालिका इलामको ऐतिहासिक प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा सागर जबेगुलाई गाउँपालिकाको नेतृत्वमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्र सम्बाहाम्फे, सचिवमा नरेन्द्र लेक्वा, सहसचिवमा शर्मिला इजम, कोषाध्यक्षमा दिल कुमारी लावती छन् । सीता लावती, होम ब.लिम्बू, अमृता खेवा, डम्बर लिम्बू, कल्पना लिम्बू, पुरन थेगिम, देबी सम्बाहाम्फे, सम्झना केरुङ र दिल कुमार फागो समितिको सदस्यमा चयन गरेको छ ।

















