साइनो समाचारदाता
सिरहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २ नम्बर प्रदेश महाधिवेशन सिराहाको लाहानमा सुरु भएको छ ।

एक समारोहका बीच २ नम्बर प्रदेश भौतिक पूर्वाधार तथा सामाजिक विकास मन्त्री जितेन्द्र सोनलले महाधिवेशनको उद्घाटन गरे ।
महाधिवेशनमा सप्तरी, सिराहा, सर्लाही, बारा लगायत २ नम्बर प्रदेशका ६ जिल्लाबाट २५ बढी प्रतिनिधि सहभागी रहेको फोनिज २ नम्बर प्रदेश इन्चार्ज निरज पिठाकोटे मगरले जानकारी दिए ।
महाधिवेशनमा फोनिज सङ्घीय समिति अध्यक्ष डण्ड गुरुङ, महासचिव मनोज घर्तीमगर, सचिवद्वय मिलन लिम्बू र कमन देवान, १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई लगायत फोनिज नेता सहभागी छन् ।
प्रदेश महाधिवेशनले विधानत: सदस्य सङ्गठन संस्था लगायतको सहभागिता रहबे गरि २१ सदस्यीय प्रदेश समिति चयन गर्ने सङ्घीय प्रतिनिधि समेत रहेका फोनिज सचिव देवानले जानकारी दिएका छन्
















