मदन भण्डारीको हत्या यसरी सुनाए गाईनेले (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मदन भण्डारीको हत्या यसरी सुनाए गाईनेले (भिडियो सहित)

नेपालको ईतिहासमा जेष्ठ महिना काहालिलाग्दो दिन रहेको पाईन्छ । जब जेष्ठ महिना आउछ अनि नेपाल र नेपालीले राजा बिरेन्द्रको परिवार र जननेता मदन भण्डारीलाई संझन्छन । नेपालको इतिहासमा २०५८ जेष्ठ १९ गते राजा बिरेन्द्रको परिवार र २०५० साल जेठ ३ गते जननेता मदन भण्डारी र जिवराज आश्रित मृत्यू भएको थियो । त्यस्तै २०७६ जेष्ठ ६ गते राति पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको सामुहिक हत्या भएको थियो ।


२०५० साल जेठ ३ एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जीप दासढुंगा स्थित त्रिसुली नदीमा खसेको थियो । रहस्मय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन सकेको छैन ।
भण्डारी र आश्रितको रहस्यमय मृत्युबारे धेरै बहस भैसकेको छन । २३ वर्ष बिति सक्दा त्रिसुलीमा भित्र धेरै पानी बगिसक्यो तर सो रहस्यमय घटनाको सत्य बाहिर आउन सकेको छैन । अहिले जननेता भण्डारीको श्रीमती यो देशको सर्वच्चो स्थान राष्ट्रप्रमुख र उही पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका छन् । तर भण्डारी र आश्रितको रहस्यमय हत्याकाण्डको यथार्थ रिपोर्ट बाहिर आउन सकेको छैन । यता जनताका लोकप्रिय राजा बिरेन्द्रका सिंगो बंश विनास भयो । त्यो हत्याकाण्ड सहस्यमय नै रहयो । यो समयको काल खण्डमा नेपाली आमाले जन्माएका धेरै नेता देशको उच्च स्थान प्रधानमंत्री बने तर कसैले पनि यो घटनाको बिषय मा एक शब्द बोल्न सकेनन सबै आफ्नै दुनो सोझ्याउन लागे । काल खण्ड बित्दै जादा १८ बर्ष बित्यो तर दरवार हत्याकाण्ड को रहस्य अझै सम्म खुल्न सकेन । हत्या पछी तत्कालिन प्रधानमंत्री गिरीजा प्रसाद कोइरालाले यो हत्या ब्राइन डिजाइन भनेका थिए तर त्यो ब्राइन डिजाइन कसले गर्यो र किन ? रहस्यको पर्दाफास उनले कहिल्यै गरेनन । गणतन्त्र आएपछी प्रधानमंत्री भएका पुष्प कमल दाहाल (प्रचण्ड) ले यो घटना को वारेमा सबै पर्दाफास गर्ने छु त भने तर उनले पनि केहि गर्न सकेनन । के साँच्चै नै यी घटनाहरु बाहिरिन नसक्ने हुन र ? सायद घटनालाइ बिस्तारै भुल्ने सिवाय केहि रहेन ।
तर पनि यस्ता घटनाहरु भने अहिले पनि यदाकता सुन्न पाईन्छ तर सारङगी बोकिहिड्ने गाईनेका मुख बाट । नेपाली जनताले सहजै बुझने र पत्याउने गरि देशको ईतिहासको गाथा गाउदै हिड्ने गरेका छन । ति गाईनेले बिर्सिदै गएको नेपालको ईतिहासलाई सारङगीको भाकामा गाउदा कस्को मन नरुला । भोजपुर जिल्ला जरायोटार जन्मेका गोबिन्द गन्दर्भ यतिबेला मोरङका बिभिन्न स्थानमा नेपालको इतिहासमा कायापलट हुने घटना गाउदै हिड्दै छन । जननेता मदन भण्डारी संग संगै खेलि खाएका गन्दर्भ भण्डारीको हत्या पछि एक सडक कविले लेखेर दिएको कवितालाई सारङगीको भाकामा गाउदै हिडिरहेका छन । गन्दर्भ आफ्नो गित मार्फत मदन भण्डारीको हत्या योजना बद्ध भएको भन्दै गित मार्फत यसरी सुनाउछन ।

सम्बन्धित खवर